लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

टी–२० विश्वकपको ग्लोबल छनोट नेपालले सोझै खेल्ने

IMG

काठमाडौँ, असार ३१ गते । नेपालले सन् २०२८ मा आयोजना हुने आईसिसी टी–२० विश्वकप सहभागिताको लागि सोझै ग्लोबल छनोट खेल्ने भएको छ । आईसिसीले छनोट प्रक्रियामा परिवर्तन गरेपछि नेपालले सोझै ग्लोबल छनोट खेल्ने मौका पाएको हो ।


आईसिसीको अनुसार सन् २०२६ को विश्वकप खेलेका तर स्वत: विश्वकपमा स्थान बनाउन नसकेका टोलीलाई सोझै ग्लोबल छनोटमा मौका दिने निर्णय गरिएको हो । 


नेपाल भारतमा केही महिनाअघि सम्पन्न टी–२० विश्वकप छनोटको समूह चरणबाटै बाहिरिएको छ । आईसिसीले बाहिरिने टोलीलाई पनि सोझै ग्लोबल छनोट खेल्ने मौका दिएपछि नेपाललाई फाइदा भएको छ । अब नेपालले विश्वकपमा स्थान बनाउन एसियाली छनोट नखेली ग्लोबल छनोट खेल्नेछ । ग्लोबल छनोटमा अघिल्लो विश्वकपबाट सिधै छनोट नभएका आठ र क्षेत्रीय छनोटबाट आउने आठ टोलीले प्रतिस्पर्धा गर्नेछन ।


आईसिसीले हालसम्म विश्वकपमा समूह चरणपछि ‘सुपर आठ’ लाई सोझै विश्वकप खेल्ने मौका दिएकोमा अब दुई टोली थपेर ‘सुपर १०’ लाई मौका दिने भएको छ । आईसिसीको स्कटल्यान्डमा सम्पन्न वार्षिक सम्मेलनले पुरुष टी–२० विश्वकपलाई रोमाञ्चक र प्रतिस्पर्धात्मक बनाउन सहभागिताको फरम्याटमा केही परिवर्तन गरेको उल्लेख गरेको छ ।


सम्मेलनमा नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्काले भाग लिनुभएको थियो । 

कमेन्ट गर्नुहोस्