लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

असार १ गतेबाट चिया उद्योग बन्द हुने

IMG

इलाम, जेठ ३० गते । भारतले चिया आयातमा कडाइ गरेपछि भारत निर्यात हुँदै गरेको नेपाली चिया सहज रुपमा जान नसकेपछि इलामका अधिकांश चिया उद्योग बन्द हुने भएका छन् । 


देश भरको चिया उद्योगीहरुको संस्था सूर्योदय टि प्रोड्युसर्स एशोसिएसन नेपालले आज एक प्रेस विज्ञप्ती जारी गरि आउँदो असार १ गते देखि चिया उद्योगहरु बन्द गर्नुपर्ने बाध्यात्म अवस्था आएको जनाएको छ । 


विज्ञप्तीमा भारतीय टी वोर्डले स्ट्यान्डर्ड अपरेटिंग प्रोसिजर जारी गरेपछि नेपाली चिया निर्यातमा ठूलो बाधा पुगेको उल्लेख छ । विज्ञप्तीमा जटिल गुणस्तर जाँचको बहानामा भारतीय बजारमा पुुगेको २ लाख किलो भन्दा बढी तयारी चिया भारतीय गोदममै थन्किएको र नमुना परिक्षणका लागि लगिएको चियाको महिना दिनसम्म रिपोर्ट नदिएको जनाइएको छ । यदि उक्त नमुनाको रिपोर्ट गुणस्तरहीन देखिएमा उक्त चियालाई भारतीय गोदममै नष्ट गर्नुपर्ने जस्ता अव्यवाहारिक नियम थपिएको उल्लेख गरिएको छ । 


यस्तो परिस्थितिमा उद्योगहरुले किसानको चियाको भुक्तानी समेत गर्न नसकेको कारण उद्योगहरु बन्द गर्न बाध्य भएको जनाइएको छ । अहिले नेपालका उद्योगहरुमा दशलाख किलोभन्दा बढी तयारी चिया रहेको बताइएको छ । 

कमेन्ट गर्नुहोस्