
दुर्गानगर । तिलोत्तमा-१४ दुर्गानगरमा आज तिलोत्तमा नगरपालिकाको आर्थिक सहयोग एवम नवसुर्य तरकारी उत्पादन कृषक समुहको आयोजनामा समुहका कृषकहरुलाइ प्राङ्गारिक मल एवम कृषि औजार वितरण कार्यक्रम समपन्न भएको छ ।
नवसुर्य तरकारी उत्पादन कृषक समुहका अध्यक्ष नरिश्वर सापकोटाको अध्यक्षता भएको कार्यक्रममा तरकारी पकेट कार्यक्रम अन्तर्गत तिलोत्तमा नगरपालिका को ५०% अनुदानमा कृषकहरुको मागअनुसारका विभिन्न कृषि औजार वितरण गरिएको हो जसअन्तर्गत स्प्रे ट्याङकी ६ थान, डेलिभरी पाइप ६० केजी , गार्डेन पाइप ५० केजी, इलेक्ट्रिक मोटर (१ hp ) ५ ओटा, टनेल प्लाष्टिक २ थान, मिनि बिडर १ थान, इलेक्ट्रिक मोटर (२ हर्जपावर) १ थान लगायतका सामाग्रि १६ जना कृषकले पाएका हुन। उन्नत तरकारी खेति प्रविधि तालिम अन्तर्गत तिलोत्तमा नगरपालिकाको पुर्ण अनुदानमा तालिममा सहभागि भएका ३० जना कृषकलाइ प्रतिव्याक्ति ६० किलोका दरले प्राङगारीक मल वितरण गरीएको थियो जसमा जिङ्क १२५ किलो, बोरेक्स १२० किलो, सम्राठ १२० किलो रहेको थियो।
कार्यक्रमको प्रमुख अतिथि तिलोत्तमा नगरपालिका नगर उपप्रमुख जगेश्वर देवि चौधरीले कृषकहरुको सहजताका लागि नगरपालिकाले विभिन्न सहयोगहरु दिँदै आएको साथै आधुनिक कृषि औजारहरुको प्रयोग गरी उत्पादन वृद्धि गर्न सहयोग पुग्ने कुरामा विश्वास व्यक्त गरेकी थिइन। नवसुर्य तरकारी उत्पादन कृषक समुहमा करिव ६० जना कृषक आवद्द रहेको र समुहका एक कृषकले तरकारी पकेट कार्यक्रम अन्तर्गत ग्रिनहाउस निर्माण गरेका छन। समुहमा एउटा सामुदायिक सिचाइ बोरिङ पनि सञ्चालनमा ल्याका छन।
शान्ता खरेलले सञ्चालन गरेको उक्त कार्यक्रममा तिलोत्तमा वार्ड नं १४ का वडा अध्यक्ष अश्विन पौडेल, तिलोत्तमा नगरपालिका कार्यपालिका सदस्य रवि सेन्चुरी, तिलोत्तमा नगरपालिका कृषि शाखा प्रमुख दोमलाल भुसाल साथै चन्द्रमणि पौडेल, श्याम खरेल लगायत स्थानिय कृषकहरुको उपस्थिति रहेको थियो।
कमेन्ट गर्नुहोस्