
बुटवल। रुपन्देही व्यापार संघ कार्यसमितिको नियमित बैठक सिरुवारीमा सम्पन्नभएको छ । दक्षिण एसियाकै पहिलो ग्रामीण होमस्टेका रुपमा परिचित स्याङ्गजा जिल्लाको सिरुवारीमा संघले आफ्नो सातौं नियमित बैठक सम्पन्न गरेको हो ।
संघको वार्षिक कार्यक्रमअन्तर्गत वैठकसँगै संघले विभिन्न संघसंस्थाहरुसँग भेटघाट तथा परिचयात्मक कार्यक्रमपनि सम्पन्न गरेको संघका महासचिव एवं कार्यक्रम संयोजक प्रकाशराज पौडेलले बताउनुभयो । स्याङ्गजा स्थित गलेङ्ग चेम्बर अफ कमर्स तथा स्याङ्गजा चेम्बर अफ कर्मससँग संघले भेटघाट गर्दै संस्थाहरुबिचमा आपसी सम्बन्ध विस्तारका साथै व्यावसायिक एकताका निम्ति जोड दिइएको थियो । कार्यक्रममा रुपन्देही व्यापार संघका अध्यक्ष प्रकाश ढकालले संस्थाहरुबिचको आपसी भेटघाटका माध्यमबाट व्यावसायिक एवं पर्यटकीय सम्बन्ध कायम गर्दै व्यावसायीका निम्ति सदैव एकजुट भएर लाग्न अझ सजिलो हुने बताउनुभयो ।
यस्तै कार्यक्रममा संघका पूर्व अध्यक्ष एवं लुम्बिनी प्रदेश चेम्बर अफ कर्मशका अध्यक्ष टंक प्रसाद पोखरेलले पछिल्लो समय व्यावसायीहरुलाई परेका समस्याको समाधानमा संघहरुलाई एकजुट भएर लाग्न सुझाव दिनुभएको भने पूर्व अध्यक्ष पदमप्रसाद श्रेष्ठले संस्थाहरुबिचमा आ–आफ्ना अनुभव र गतिविधिहरुको संघलाई अगाडि बढ्न थप टेवा पुग्ने कुरामाजोड दिनुभएको थियो । कार्यक्रममा सबै संस्थाका पूर्व अध्यक्ष एवं कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।यस्तै संघको कार्यसमितिको नियमित वैठकले समसामयिक विषयहरु माथि जोड दिंदै ७बुँदे विशेष निर्णय समेत गरेको छ । बैठकले खुल्ला सिमाना एवं भन्सार नीतिका सम्बन्धमा खुलासिमानाका कारण शान्ति, सुरक्षा एवं देशकोआन्तरिक मामिला मात्र नभई व्यवसायमा पनि गम्भिर असर परेको हुँदाचोरी पैठारीको न्यूनिकरणलाई भन्सार महशुल दर घटाई अति आवश्यकीय बाहेकका वस्तुहरु आयातको प्रतिबन्धित गर्नुपर्ने ठहर गरेको छ ।
कमेन्ट गर्नुहोस्