
तिलोत्तमा । राष्ट्रिय स्वतन्त्र पार्टी तिलोत्तमाको प्रथम नगर अधिवेशनबाट रुस्तम कंडेल अध्यक्षमा निर्वाचित भएका छन्। अधिवेशनले कंडेलको नेतृत्वमा नयाँ नगर कार्यसमिति चयन गरेको हो।
कार्यसमितिको उपसभापतिमा कृष्ण तिवारी, सचिवमा डिल्लीराज पंगेनी र सह–सचिवमा यमुना खरेल निर्वाचित भएका छन्। सदस्यहरूमा अन्जु थापा, गोपाल प्रसाद पाण्डे, राजकुमार थारु, माधव न्यौपाने, प्रतीक पाण्डे, दधीराम भण्डारी, पार्वता पौडेल, गीतादेवी न्यौपाने तथा निशा नेपाली मिझार चयन भएका छन्।अधिबेशनले केन्द्रिय महाधिबेशन प्रतिनिधिमा संजिव भण्डारी र नरेश बहादुर पछाई क्षेत्री लिई निर्वाचित गरेको छ भने प्रदेश अधिबेशन प्रतिनिधिमा बालकृष्ण देवकोटा र चन्द्रमणि पाण्डे लाई निर्विरोध निर्वाचित गरेको छ। त्यस्तै जिल्ला अधिबेशन प्रतिनिधिमा मोहन प्रसाद भुसाल ,लालमणि सुबेदी, गोपाल प्रसाद भण्डारी र शर्मिला आचार्यलाई निर्वाचित गरेको छ।
अधिवेशनमा प्रमुख अतिथिका रूपमा डा. लेखजंग थापा सहभागी रहेका थिए। कार्यक्रममा रास्वपाका नेता तथा मानानिया साम्सद सुलभ खरेल, केन्द्रिय सदस्य तथा पीएम डेलिभरी युनिट सन्तोष गिरी, रास्वपाका नेता तथा मानानिया साम्सद मञ्जु भुसाल, प्रदेश उपाध्यक्ष शालिकराम घिमिरे लगायतको उपस्थिति रहेको थियो।त्यसैगरी नेपाल कम्युनिस्ट पार्टी तिलोत्तमाका नगर अध्यक्ष बेलप्रसाद शर्मा, नेपाली कांग्रेस नगर सचिव रमेश पराजुली, नेपाल कम्युनिस्ट पार्टी (एमाले) नगर कमिटी उपाध्यक्ष शंकर भुसाल, राष्ट्रिय प्रजातन्त्र पार्टी सभापति चेतनारायण कंडेल तथा रास्वपाका युवा नेता आशिष सुवेदीलागयतका प्रदेश स्थानिय र राष्ट्रिय स्तरका नेता तथा कार्यकर्ता र शुभेच्छुकहरुको समेत सहभागिता रहेको थियो।
नवनिर्वाचित अध्यक्ष रुस्तम कंडेलले पार्टीलाई नयाँ ढंगबाट अघि बढाउने बताउँदै सुशासन, पारदर्शिता र जवाफदेहितालाई आत्मसात गर्दै जनताको अपेक्षाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
कमेन्ट गर्नुहोस्