
मणिग्राम। तिलोत्तमा नगरपालिकामा फुटपाथ व्यवस्थापन तथा सफाइ अभियान प्रभावकारी रूपमा अघि बढेको छ। नगरप्रहरी इन्चार्ज नर प्रसाद श्रेष्ठका अनुसार नागरिकहरूको सचेतना बढेका कारण फुटपाथ खाली गराउन डोजर प्रयोग गर्नुपर्ने अवस्था हालसम्म नदेखिएको र पसल ब्यबसाय र घरहरुमा सुचना गरेपछि आफै हटाउन थालेकोले नगरबासिहरुमा धन्यबाद समेत दिनुभएको छ।
नगर प्रहरी इन्चार्ज नर प्रसाद श्रेष्ठले नगरपालिकाले सूचना जारी गरेपछि अधिकांश नागरिकले स्वेच्छाले फुटपाथ खाली गरेको बताउनुभयो। “तिलोत्तामाका नागरिक सचेत हुनुहुन्छ, सूचना बजाउँदै गर्दा नै सबैले सहयोग गर्नुभएको छ, त्यसैले डोजर नै लगाउनुपर्ने अवस्था आएको छैन,” उहाँले भन्नुभयो।कहिँ कसैले अटेर गरेर त्यस्तो खालको गतिबिधिमा संलग्न भए ९८४७३१८१९९ को हटलाइन नम्बरमा खबर गर्न उहाँले आग्रह गर्नुभयो।
नगरप्रहरी श्रेष्ठका अनुसार अहिले विभिन्न वडामा अनुगमन गर्दा पनि बल प्रयोग गर्नुपर्ने अवस्था खासै देखिएको छैन। तथापि केही अटेर गर्नेहरूका हकमा भने नगरप्रहरीको अगुवाइमा आवश्यक हस्तक्षेप गर्नुपर्ने अवस्था आउन सक्ने उहाँले जनाउनुभयो।यसैबीच नगरप्रमुख रामकृष्ण खाणद्वारा जारी सूचनामा फुटपाथ अतिक्रमण गर्ने तथा जथाभावी सवारी साधन पार्किङ गर्नेहरूमाथि कारबाही गरिने उल्लेख गरिएको छ। नगरपालिकाले सार्वजनिक स्थलको संरक्षण र आवागमन सहज बनाउन अभियानलाई निरन्तरता दिने जनाएको छ।
कमेन्ट गर्नुहोस्