
तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका सभाहलमा सुरक्षित मातृत्व अभियान सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम नगर प्रमुख रामकृष्ण खाणको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रममा उपप्रमुख जगेश्वर देवी चौधरीको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै नगर प्रमुख खाणले आम नगरबासीको स्वास्थ्यको लागि स्वास्थ्य कर्मचारी र जनप्रतिनिधि मिलेर अघि बढ्नुपर्ने बताउनुभएको थियो। त्यस्तै कार्यक्रममा बोल्दै उपप्रमुख जगेश्वर देवी चौधरीले स्वास्थ्य जस्तो संबेदनशील कुरा त्यसमा पनि आमा र बच्चाको स्वास्थ्यको राम्रो हेरविचार गर्न सबै नगरबासी स्वास्थ्यकर्मीहरुमा आग्रह गर्नुभएको छ । सो अवसरमा बोल्दै सामाजिक बिकास समितिका संयोजक एबम कार्यपालिका सदस्य रबि सेन्चुरीले स्वास्थ्यका दृष्टिकोणले तिलोत्तमा अग्रस्थानमा रहेकोले यसलाई अझ परिष्कृत गर्दै थप आवश्यकताको आधारमा जनता सामु स्वास्थ्यको पहुँच पुर्याउनुपर्ने बताउनुभयो।
कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख ज्ञान प्रसाद पौडेल, स्वास्थ्य निरीक्षक लक्ष्मी आचार्य तथा जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य निरिक्षक दिपा खड्काको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखाका अधिकृत लक्ष्मी आचार्यले गर्नुभएको थियो भने सहजीकरण जिल्ला स्वास्थ्य कार्यालयका दिपा खड्काले गर्नुभएको थियो।कार्यक्रममा सहभागीहरूले आ–आफ्नो धारणा राख्दै सुरक्षित मातृत्व अभियानले आमा र नवजात शिशुको स्वास्थ्य संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको बताएका छन्। उनीहरूले यस अभियानले गर्भवती महिलामा स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै बाल तथा मातृ मृत्यु दरलाई शून्यमा झार्न सहयोग पुर्याउने विश्वास व्यक्त गरेका छन्।कार्यक्रमले सुरक्षित मातृत्व सम्बन्धि जनचेतना विस्तार गर्दै स्वस्थ समाज निर्माणमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।
कमेन्ट गर्नुहोस्