
रूपन्देही — रुपन्देहीको तिलोत्तमामा सामाजिक कार्यमा क्रियाशील युवाहरुको समूह मणिग्राम युनाइटेडले अपर डोल्पाको कु क्षेत्रका सामुदायिक बिद्यालय टाशी सुम्धो बेसिक स्कुलका विद्यार्थीका लागि शैक्षिक तथा खेलकुद सामग्री सहयोग स्वरूप पठाएको छ। दुर्गम क्षेत्रका विद्यार्थीहरूको शैक्षिक विकास तथा खेलकुद गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले उक्त सामग्री पठाइएको मणिग्राम युनाइटेडका अध्यक्ष मदन सलामीले जानकारी दिनुभएको छ। संस्थाका अध्यक्ष सलामीले समाजप्रतिको उत्तरदायित्वलाई ध्यानमा राख्दै यस्ता कार्यक्रमहरूलाई आगामी दिनमा अझ विस्तार गर्ने बताए।
संस्थाका संयोजक दिपेन बुढाथोकीका अनुसार सामाजिक उत्तरदायित्व अन्तर्गत त्यहाँ स्थित युवाहरुको ग्रुप द राइजिङ्ग कु ग्रुपको समन्वयमा यो पहल गरिएको हो। उनले आगामी दिनहरूमा समेत यस्ता सहयोग कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो।आफ्नो खाजा खर्च जोगाएर स-साना रकम उठाएर गरिको सहयोगले डोल्पाका विद्यार्थीहरूलाई शिक्षा र खेलकुद दुवै क्षेत्रमा सकारात्मक प्रभाव पार्ने विश्वास समेत व्यक्त गर्नुभएको छ।त्यसैगरी, संयोजक बुढाथोकीले सामाजिक सेवामार्फत समुदायमा सकारात्मक परिवर्तन ल्याउने लक्ष्य रहेको उल्लेख गरे।
मणिग्राम युनाइटेड पछिल्लो समय विभिन्न सामाजिक क्रियाकलापमा सक्रिय रूपमा अग्रसर हुँदै आएको छ। शिक्षा, खेलकुद तथा सामाजिक सहयोगका क्षेत्रमा संस्थाले निरन्तर पहल गर्दै आएको हो।
कमेन्ट गर्नुहोस्