
तिलोत्तमा। रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर तीनको आयोजनामा महिलाहरुका लागि निशुल्क स्वास्थ्य परिक्षण शिविर सम्पन्न भएको छ ।शुक्रबार तिलोत्तमा नगरपालिका वडा नम्बर तीनको आयोजना र आधारभूत स्वास्थ्य सेवा केन्द्र,वडा स्तरिय महिला संजालको ब्यवस्थापनमा महिलाहरुका लागि निशुल्क स्वास्थ्य परिक्षण शिविर सम्पन्न भएको हो ।
तिलोत्तमा नगरपालिका वडा नम्बर तीनका वडा अध्यक्ष कल्याण पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख रामकृष्ण खाडले बोल्दै नगरपालिकाले नगरबासिहरुको स्वास्थ्यका लागी जोड दिएको बताउनुभयो ।नगर प्रमुख खाडले भौतिक विकाससंगै मानवीय स्वास्थ्यको पहुच सबैका लागी सहज बनाउन नगरपालिकाले शहरी स्वास्थ्य केन्द्र,अस्पालबाट सेवाका लागी नीजि अस्पालबाट समेत सहकार्य गरी परिक्षण गरिएको र हरेक वडाहरुमा परिक्षणका लागी कार्यक्रम गरिएको बताउनुभयो।
शिविरको उद्घाटन सत्रमा तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखा प्रमुख ज्ञान प्रसाद पौडेल, वडा सदस्य चुडा कुमारी विष्ट,आधारभुत स्वास्थ्य केन्द्रका इन्चार्ज ठानेश्वर बस्याल लगायतले बोल्दै पछिल्लो समयमा नसर्न रोगका विरामीहरुको संख्या बढेको भन्दै खानपान र दैनिकीमा सचेत रहन सुझाव दिनुभयो ।शिविरमा वरिष्ठ स्त्री रोग विशेषज्ञ डा,शर्मिला शर्मा,कन्सल्टेट फिजिसियन डा,कपिल गौतम,लगायत स्वास्थ्यकर्मीहरुको टालीले परिक्षण गर्नुभएको थियो ।कार्यक्रमको संचालन वडा सचिव गोकुल गिरीले गर्नुभएको थियो ।निशुल्क स्वास्थ्य शिविरमा वडाबासिले खुशीका साथ सहभागिता जनाएको वडा अध्यक्ष कल्याण पौडेलले बताउनुभयो ।
कमेन्ट गर्नुहोस्