
झरना थापाको निर्देशनमा बनेको फिल्म 'एक भागवत् र एक गीता' युट्युबमा सार्वजनिक भएको छ।
सामाजिक कथामा बनेको फिल्मलाई हल रिलिजको दुई वर्षपछि युट्युबमा प्रिमियर गरिएको हो। सोमबार ओएसआर मुभिज युट्युबमा फिल्म सार्वजनिक भएको छ। 'एक भागवत् र एक गीता' ले यौनिक अल्पसंख्यकको कथावस्तु र सन्देशलाई केन्द्रमा राखेर कथा भन्छ। फिल्ममा विपिन कार्की, सुहाना थापा र धिरज मगरको मुख्य अभिनय छ।
कमेन्ट गर्नुहोस्