
टिकुलिगढ , आज तिलोत्तमा-१४ टिकुलिगढमा अन्तर्राष्ट्रिय नारी दिवसको ११६ औँ अवसरमा सुनौलो लालिगुराँस आमा समूहले र्याली तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ।
आमा समूहकी अध्यक्ष रामशोभा पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सिता भण्डारी प्रमुख अतिथि,विष्णु माया पुन विशिष्ट अतिथि र सुना श्रेष्ठ विशिष्ट अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रमको सुरुवातमा स्थानीय महिलाहरूको सहभागितामा सचेतनामूलक र्याली निकालिएको थियो। र्यालीमा महिला अधिकार, समानता र सशक्तीकरणका नारासहित विभिन्न प्लेकार्ड बोकेर सहभागीहरूले महिला सशक्तीकरणको सन्देश दिएका थिए।
कार्यक्रममा बोल्दै नमुना एकिकृत विकाश परिषदकी अध्यक्ष तथा भैरहवा बहुमुखी क्याम्पसकी लेक्चरर एवम कार्यक्रमकी प्रमुख अतिथि सिता भण्डारीले समाजको विकासमा महिलाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै महिलाहरू शिक्षित, सचेत र आत्मनिर्भर हुन आवश्यक रहेको बताउनुभयो। उहाँले नारी अधिकारका लागि एकजुट भएर अघि बढ्नुपर्ने धारणा राख्नुभयो।
कार्यक्रमकी विशिष्ट अतिथि एवम तिलोत्तमा वडा नं १४ कि वडा सदस्य विष्णु माया पुनले अन्तर्राष्ट्रिय नारी दिवसले महिलालाई आफ्नो अधिकार र क्षमताबारे सचेत गराउने अवसर प्रदान गर्ने बताउनुभयो। उहाँले महिलाहरूले समाज परिवर्तनका अभियानमा सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो। अर्का विशिष्ट अतिथि एमव सफल उधमी सुना श्रिषले महिलाहरू एकताबद्ध भए समाजमा सकारात्मक परिवर्तन सम्भव हुने बताउँदै महिला सशक्तीकरणका लागि यस्ता कार्यक्रमले प्रेरणा दिने बताउनुभयो र आफुले व्यावसाय सञ्चालन गर्दै आउदा देखापरेका कठिनाइ एवम सामनाका कुराहरु पनि राख्नुभयो ।
कार्यक्रमकी अध्यक्ष रामशोभा पुनले आमा समूहले समाजमा महिला सशक्तीकरण, सामाजिक सचेतना र सहयोगका विभिन्न गतिविधि गर्दै आएको जानकारी दिनुभयो। उहाँले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा,निवर्तमान वडा अध्यक्ष शोहन प्रसाद थारू , लैङगिक हिँसा विरुद्धकी विज्ञ संगिता मयुर, सन्तोषि गुरुङ, समाजसेवि दिनेश अर्याल, युवा अभियान्ता तथआ समाजशास्त्री दिपा थापा,समाजसेवी तथा युवा अभियान्ता दिपक श्रिस, स्थानिय आमा समुह, स्थानीय महिला, समाजसेवी तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो साथै कार्यक्रममा विविध सास्कृतिक नृत्य, घैटो फोर , चम्चा दौड, कुर्चि दौड लगायतका मनोरञ्जनात्मक कार्यक्रम पनि गरीएको थियो।
कमेन्ट गर्नुहोस्