
पर्सा। लुम्बिनी विकास कोषको योजना प्रमुख पद तत्काल खारेजीको माग राखेर ज्ञापनपत्र बुझाइएको छ ।रेस्पोन्स टिम लुम्बिनीले कोषका सदस्य सचिव दीपक श्रेष्ठलाई मंगलबार ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको हो ।मन्त्रीस्तरीय निर्णयका आधारमा सचिव सरहको हैसियत हुने गरी पद सिर्जना गरी नियुक्ति दिनु प्रचलित कानुन विपरीत भएको टिमले जनाएको छ ।
सचिवस्तरको दरबन्दी सिर्जना गर्न मन्त्रिपरिषद्को स्वीकृति, संगठन तथा व्यवस्थापन सर्वेक्षण तथा राजपत्रमा प्रकाशन अनिवार्य भए पनि कुनै पनि प्रक्रिया नअपनाई विनियमावली संशोधनमार्फत पद सिर्जना गरिएकोप्रति टिमले आपत्ति जनाएको छ ।संस्थाका संयोजक जमसेद आलम खानले आफूहरूको माग तत्काल सम्बोधन नगरिए चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्ने बताएका छन् ।सुशील कोइराला नेतृत्वको तत्कालीन सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भीम आचार्यले कोषमा सचिवस्तरको दरबन्दी सिर्जना गरेका थिए । आचार्यले २०७१ सालमा कोषको पदाधिकारीसम्बन्धी नियमावली २०५८ को परिच्छेद ६ मा संशोधन गरी ‘योजना प्रमुख’ राखेर नियुक्ति दिलाएका थिए ।
हेर्नुहोस् ज्ञापनपत्र :
कमेन्ट गर्नुहोस्