
तिलोत्तमा । महाशिवरात्री पर्वको अवसरमा तिलोत्तमाका विभिन्न शिव मन्दिरहरूमा आज बिहानैदेखि भक्तजनहरूको उल्लेखनीय घुइँचो लागेको छ । भगवान शिवप्रति आस्था राख्ने श्रद्धालुहरू बिहानै स्नान गरी पूजा–आराधनाका लागि मन्दिर पुगेका हुन् ।विशेष गरी स्थानीय शिवालयहरूमा बेलपत्र, दूध, धतुरो तथा जल चढाउँदै भक्तजनहरूले शिवको पूजा गरेका छन् ।
मन्दिर परिसरमा भजन–कीर्तन, दीप प्रज्वलन तथा धार्मिक कार्यक्रमहरू समेत सञ्चालन गरिएको छ ।तिलोत्तामाका नन्देश्वर महादेव मन्दिर दक्षिणटोल, नर्मदेश्वर शिव पंचायाँ मन्दिर १० नम्बर नयामिल, बिन्दबासिनी धाम मन्दिर तिलोत्तमा-१६ पर्सहवा, गिर्वाण मन्दिर मणिग्राम, शिवालय मन्दिर मणिग्राम,शिव कालिका मन्दिर शारदा स्कुल चोक, सिद्धेश्वर माहादेव तथा राधाकृष्ण मन्दिर तपाहा योगीकुटी, देवस्थल मन्दिर योगिकुटि, शिव मन्दिर शंकरपुर् लागायतका मन्दिरमा भक्तजनहरुको घुइंचो लागेको थियो।
पर्वलाई व्यवस्थित बनाउन स्थानीय प्रशासन, प्रहरी तथा स्वयंसेवकहरू परिचालन गरिएको छ । भक्तजनहरूको भीड बढेसँगै सुरक्षा व्यवस्थासमेत कडा पारिएको जनाइएको छ ।महाशिवरात्री हिन्दु धर्मावलम्बीहरूको महत्वपूर्ण पर्वका रूपमा मनाइन्छ । यस दिन उपवास बस्ने, रातभर जाग्राम बस्ने तथा शिवको आराधना गर्ने धार्मिक परम्परा रहँदै आएको छ ।
कमेन्ट गर्नुहोस्