
कोटिहवा। विपन्न वर्ग एवम जेहेन्दार विद्यार्थीलाई सहयोग पुर्याउने हेतुले आज तिलोत्तमा वडा नं १५ ले विपन्न विद्यार्थीलाई वडा प्राङ्गणमा छात्रवृत्ति प्रदान गरेको छ ।वडामा रहेका विपन्न वर्ग एवम जेहेन्दार ३८ जना विद्यार्थीहरुलाइ वडाले पाँच हजारका दरले छात्रवृत्ति प्रदान गरेको हो।
विधार्थीको पठनपाठन कार्यमा सहयोग पुर्याउने उद्देश्यले उक्त कार्यक्रम गरिएको वडा वडा अध्यक्ष खेमराज गुरुङले बताए, छात्रवृत्ति अरु काममा नभइ शैक्षिक काममा प्रयोग गर्न पनि उनले आग्रह गरे।शिक्षा मानव जिवनको अपरिहार्य पक्ष रहेको त्यसैले छात्रवृत्तिले विधार्थीहरुलाइ पढाइमा थप प्रेरणा प्रदान गर्ने वडाका वडा सदस्य सोहरत प्रसाद चौधरीले बताए भने कार्यक्रमको सञ्चालन वडाका वडा सचिव मान बहादुर खातीले गरेका थिए। वडाले राम्रो कार्य गरेको साथै विधार्थी एवम बालबालिका लाइ सहयोग पुर्याउने यस्तै अन्य कार्यक्रम गर्न वडाका बाल सञ्जाल अध्यक्ष लभसन पन्थिले भने ।
कार्यक्रममा वडाका वडा सदस्य घनश्याम थापा,कल्पना भण्डारी, क्षितिजा पौडेल, टोल विकास संजाल अध्यक्ष वावुलाल बञ्जाडे,सोमहिमाइ टोल विकासका अध्यक्ष देवि माया राना ,वडाका कर्मचारीहरु , सामुदायिक विद्यालयका अविभावक एवम विद्यार्थीहरुको उपस्थिती रहेको थियो।
कमेन्ट गर्नुहोस्