
भैरहवा। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता फैज अहमद खाँ रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचन लड्नु हुने भएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपाले खाँलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।खाँ २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा तत्कालिन नेकपा (माओवादी केन्द्र) बाट सिद्धार्थनगर नगरपालिकाको प्रमुख (मेयर) पदमा उम्मेदवारी दिनुभएको थियो ।२०७९ सालको निर्वाचनमा रुपन्देही–३ मा राप्रपाका दीपक बोहरा प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । बोहराले नेपाली काँग्रेसका उम्मेदवार तथा तत्कालिन गृहमन्त्री बालकृष्ण खाणलाई पराजित गर्नुभएको थियो ।
कमेन्ट गर्नुहोस्