लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाको एक्स्ट्राटेकमा वडा स्तरिय टी–२० नकआउट क्रिकेट प्रतियोगिता हुने

IMG

कान्छीबजार। रुपन्देहीको तिलोत्तमा नगरपालिकामा अन्तर वडा स्तरिय टी–२० नकआउट क्रिकेट प्रतियोगिता यहि माघ ५ गते वाट सुरु हुने भएको छ ।  प्रतियोगिताबारे आज पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको हो ।


तिलोतमा नगर खेलकुद बिकास समितिको आयोजनामा हुन लागेको उक्त प्रर्तियोगिता तिलोतमा नगरपालिका वडा नम्बर-१७ स्थित एक्स्ट्राटेक ओभल इंटरनेशनल क्रिकेट स्टेडियममा संचालन हुने छ। पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय एम्पायर रामचन्द्र पाण्डेले यस्ता प्रतियोगिताले स्थानिय स्तरका खेलाडीलाई राष्ट्रिय तथा अतराश्ट्रिय स्तरमा पुर्याउन सहयोग गर्ने बताउनुभयो।सो अवसरमा बोल्दै खेल संयोजक अर्जुन यादबले प्रतियोगिता व्यवस्थित, अनुशाशित,पारदर्शी रुपमा भब्य तथा सभ्य रुपमा सम्पन्न गर्ने बताउनुभयो। स्थानिय खेलाडीहरुलाई अन्तराष्ट्रिय स्तरको मैदानमा खेलाई उनिहरुलाई क्रिकेटमा अझै दक्ष बनाउंदै राष्ट्रिय तथा अतराश्ट्रिय स्तरमा आफ्नो पहिचान गराउने र देशकै नाम उच्च राख्न मद्दत गर्ने बताउनुभयो। 


अन्तर वडा स्तरिय टी–२० नकआउट क्रिकेट प्रतियोगितामा १७ वडाका १७ टिमले सहभागिता जनाउने छन्। प्रतियोगिता माघ ५ गतेबाट शुरु हुने तिलोतमा नगर खेलकुद बिकास समितिका अध्यक्ष लोक पुनले जानकारी दिनुभयो। प्रतियोगिताको बिजेताले नगद ७० हजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने उपविजेता टोलीले नगद ४० हजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन। पत्रकार सम्मेलन कार्यक्रमको संचालन युवराज रिमालले  गर्नुभएको थियो। 

कमेन्ट गर्नुहोस्