
तिलोत्तमा। फाल्गुण २१ गतेको प्रतिनिधि सभा चुनावको तयारी भैरहदा उम्मेदवारको को बन्ने भन्ने लर्को चलिरहेकै छ। सोहि क्रममा रुपन्देही तिलोत्तमा-९ का ईन्जिनियर सन्जीब भण्डारीले अब रुपन्देही १ बाट आफ्नो उम्मेदवारी दिने भएका छन्।
उनले सामाजिक संजालमा लेख्दै भन्छन,- रुपन्देही–१ मेरो पहिचान र जिम्मेवारी दुवै हो। यहीँ हुर्किएँ, यहीँ सपना देखेँ र यहीँका नागरिकका पीडा नजिकबाट बुझेँ। आज जब जनताले राजनीतिक धोका महसुस गरिरहेका छन्, युवाहरू भविष्य खोज्दै विदेशिन बाध्य छन् र इमानदार आवाजहरू दबाइँदै छन्, म चुप बस्न सकिनँ।त्यसैले म राष्ट्रिय स्वतन्त्र पार्टी (RSP) बाट रुपन्देही–१ मा प्रतिनिधि सभाको प्रत्यक्ष (FPTP) निर्वाचनमा प्रतिस्पर्धा गर्ने आकांक्षी भएको घोषणा गर्दछु। यो कदम पद प्राप्तिका लागि होइन, जनताको सम्मान, युवाको भविष्य र नागरिकको आत्मसम्मानका लागि हो।यदि तपाईं परिवर्तनमा विश्वास गर्नुहुन्छ भने, यो यात्रामा मसँग हातेमालो गर्नुहोस्। रुपन्देही–१ का लागि इमानदार र जवाफदेही प्रतिनिधित्व मेरो दृढ प्रतिबद्धता हो।
इन्जिनियर संजीव भण्डारी यस क्षेत्रमा आइटी कलेज भित्र्याउने सुचना प्रबिधी तर्फको ब्रिलियन्ट व्यक्ति हुन्। उनका हाल नेपथ्य कलेज, रेडियण्ट कलेज लगायत अब तिलोत्तमा-९ दक्षिण टोलामा स्कुल खोल्दै छन्।
कमेन्ट गर्नुहोस्