लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा-१ मा ज्येष्ठ नागरिकको सम्मानस्वरुप कम्मल वितरण

IMG

ड्राइभरटोल। रुपन्देहीको तिलोत्तमा वडा नम्बर १ ले ज्येष्ठ नागरिकको स्वास्थ्यको मध्यनजर गर्दै कम्मल वितरण गरेको छ । वडाबासी ज्येष्ठ नागरिकको सम्मानस्वरुप वडा कार्यालयले एक कार्यक्रमको आयोजना गरि कम्मल वितरण गरेको हो ।कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका उपप्रमुख जगेश्वर देवी चौधरीले भौतिक विकासलाई मात्र विकास नभएर मानवीय विकास पनि महत्त्वपूर्ण रहेको बताउनुभयो ।


उपप्रमुख चौधरीले नगर ज्येष्ठ नागरिकसँग सधै नजिक छ भन्ने महसुस गराउने विश्वास व्यक्त गर्नुभयो ।तिलोत्तमा वडा नम्बर १ का अध्यक्ष फर्सुराम गिरीले वडाका ज्येष्ठ नागरिकहरुलाई कुनै न कुनै माध्यमबाट सम्झनुपर्छ भन्ने सोँचले यो कार्यक्रम गरिएको बताउनुभयो । वडा अध्यक्ष गिरीले यो कार्यक्रम विगतको वर्षमा पनि गरेको जनाउनु भयो। वडाका ७२ वर्षदेखि ७५ वर्षसम्मका ज्येष्ठ नागरिकका लागि १५९ कम्मल वितरण गरिएको वडाका सचिव हेमलाल न्यौपानेले जानकारी दिनुभयो । कार्यक्रममा वडा सदस्यहरु गितादेवी न्यौपाने , हिरादेवी बिक , मिलन राना , विष्णुप्रसाद पाण्डे लगायतको उपस्थिति रहेको थियो ।


कमेन्ट गर्नुहोस्