लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पोस्ट्याए बिष्णु पौडेलले बासुदेव सहितको फोटो : हामी संगै छौ

IMG

तिलोत्तमा। हिजो दिन रात एमाले छोडेको स्टाटस सहित देशभरका मिडियामा चर्चा बटुलेका जेनजी आन्दोलन अघिका साम्सद बासुदेव घिमिरे फेरी एमाले फर्किएको कुराले संजालमा लेख्नेहरु अक्क न बक्क भएका छन्। खुसि मनाउने हरु , गाली गर्ने हरु र दुखी हुनेहरु पनि यसबेला चुपचाप गुपचुप छन् र स्टाटस मेटाउने तरखर गरिरहेका छन्। 


पुर्व अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले आज बुटवलमा आएर एक बिशेष कार्यक्रम आयोजना गरी बासुदेव घिमिरेलाई पार्टी मै फर्काएको सामाजिक संजालमा हामी संगै छौ भन्दै पोस्ट गरेका छन्।नेकपा एमाले छाडेको घोषणा गरेका विघटित प्रतिनिधिसभाका सांसद बासुदेव घिमिरेलाई तत्काल पार्टी नछाड्न समझदारी गराउन उपाध्यक्ष विष्णुप्रसाद पाैडेलका नेताहरू सहमति जुटाएकाे जनाएका छन् ।


उपाध्यक्ष बिष्णु पौडेल, सचिव छविलाल विश्वकर्मा, नेता खिमलाल भट्टराईसहितका नेतालाई राखेर बासु निकटका नेताहरूले बुधबारदेखि ने छलफल गरेका हुन् । बासु निकट एमालेका नेता कमल पाैडेलकाे समन्वयमा उपाध्यक्ष विष्णु पाैडेलसहितका नेताहरू छलफलमा बसेकाे एमाले नेता लिला गिरीले जनाएका छन् ।


तर त्याे बैठकमा आफू नबसेकाे उनको भनाइ छ । 'म हिजाे बासुजीसँग एक्लै बसेकाे थिएँ, तपाईले गल्ती गर्नुभयाे भनेकाे हाे तर आजकाे बसाइँमा नेताहरू बस्नुभएकाे छ,' उनले भने ।उपाध्यक्ष पाैडेलसहित बासु घिमिरेसँगकाे बैठकमा बसेका नेता खिमलाल भट्टराईले तत्काल अन्त नजाने समझदारी भएको बताए ।'तत्कालै कतै नजाने समझदारी भएको बुझेकाे छु, बसाइँ सकेर बासुजी सहितका नेताहरू उठ्नुभयाे,' उनलेे भने ।पौडेलले घिमिरेसँग स्थानीय कार्यकर्ता कमल पौडेलको योगिकुटीस्थित निवासमा वार्ता गरेका हुन् ।

कमेन्ट गर्नुहोस्