लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सांसद बासुदेव घिमिरेले एमाले छोडेपछि एमालेमा तरङ्ग,बराबर प्रतिक्रिया

IMG

तिलोत्तमा। नेकपा (एमाले) का उपाध्यक्ष विष्णु प्रसाद पौडेलसँग निकट मानिने नेताहरूले धमाधम पार्टी परित्याग गर्न थालेका छन्। विशेषगरी पौडेलको गृहजिल्ला रुपन्देहीमा उनका विश्वासपात्र नेताहरूले एमाले छोड्दै वैकल्पिक राजनीतिक धार रोज्न थालेपछि पार्टीभित्र तरंग सिर्जना भएको छ। यस्लाइ कतिपय एमालेकै नेता तथा कार्यकर्ताले बेलाको बोली भनेका छन् भने कतिपयले अवसरको दौडधुप पनि भनेका छन्।आधा-आधि प्रतिक्रियाको बीच बासुदेव घिमिरेको पार्टी छोडेको कुराले रुपन्देही मात्रै होइन समग्र राजनीतिमा तरङ्ग आएको छ। बालेनका नजिकका मानिएका बासुदेवको राजनीतिमा बेलैमा गरेको प्रयास सार्थक रहेको र जे गरे समयमै गरे, उहाँ एक बिकाससिल नेता हो, जहाँ गएनी बिकास र जनताको सेवक भएरै काम गर्न सक्ने भएकोले यो कदम सकारात्मक भएको बालेंनका सल्लाहकार मध्येका एक सुदिप ढकालले बताए।  

 

रुपन्देही क्षेत्र नम्बर ५ बाट निर्वाचित प्रतिनिधिसभाका सांसद बासुदेव घिमिरेले मंगलबार राति सामाजिक सञ्जालमार्फत एमाले छोडेको घोषणा गरेपछि यो क्रम तीव्र बनेको हो। राति करिब साढे १० बजे फेसबुक स्टाटस लेख्दै घिमिरेले अब उप्रान्त आफू एमालेको कुनै जिम्मेवारीमा नरहने स्पष्ट पारेका थिए। घिमिरेको घोषणा भएको केही घण्टामै बुधबार बिहान धकधईका सन्जय गुप्ताले पनि एमाले छाड्ने निर्णय सार्वजनिक गरेका छन्।एमाले छोडेका घिमिरे र गुप्ता दुवै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्ने तयारीमा रहेको बताइन्छ। घिमिरे विघटित प्रतिनिधिसभाका सांसद हुन् भने उनी यसअघि तिलोत्तमा नगरपालिकाका मेयरसमेत भइसकेका थिए। उनलाई केपी ओलीको खेमामा नगएको भन्दै क्षेत्र नम्बर ५ को टिकट समेत खोस्न लागेका ओलीले समयको कानुनि प्राबधानले आधा एमालेको बिरोधमा समेत नचिनेको नजानेको ठाउँमा जितेर देखाइदिए। 


पछिल्लो समय ओलीको राजनीतिक प्रतिक्रिया, बहसमा उनले बोलेका शब्द, राजनीतिमा बिचार बिर्सेर गरेका गठबन्धन, आफ्नो चाकडीमा रमाउनेहरुलाई काखी च्याप्ने जस्ता कुराले एमालेका धेरै नेतालाई पिरोलिरहेको देखिएको छ।  तर बासुदेव घिमिरेले त्यो सबै सहन सकेनन , अन्याय, अत्याचार र ओली निकटकालाइ पालो दिने प्रवृत्तिको सधै बिरोध गरे तथापि उनले पार्टीको नराम्रो गन्ध सुघ्न सकेनन अन्तत: पार्टीमा नरहने घोषणा गरे।त्यसो त पार्टी छोड्नेमा बासु मात्रै होइनन ,यसअघि नै पौडेलका स्वकीय भइसकेका सैनामैना नगरपालिकाका पूर्वमेयर चित्र कार्की पनि रास्वपातर्फ लागिसकेका छन्।त्यसैगरी, पौडेलकै सिफारिसमा एमाले प्रदेश कमिटी सदस्य बनेकी ठेकेदार व्यवसायी मन्जु भुसाल पनि रास्वपा प्रवेश गरिसकेकी छन्। उनी लुम्बिनी निर्माण व्यवसायी संघकी अध्यक्षसमेत हुन् र रास्वपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा उनको नाम समावेश छ। 


एमालेबाट सक्रिय राजनीति गरेर सहकारी बोर्ड सदस्य रहेकी ज्ञानु पौडेल र राष्ट्रिय युवा संघकी नेतृ श्रद्धा कुँवर पनि रास्वपाको समानुपातिक सूचीमा परेका छन्।एकपछि अर्को गर्दै विष्णु पौडेल निकट नेताहरू एमाले छाड्दै रास्वपामा प्रवेश गर्न थालेपछि रुपन्देहीको राजनीतिक समीकरण फेरिने संकेत देखिएको छ। आगामी निर्वाचनमा यसको प्रभाव कति पर्छ भन्ने विषयमा राजनीतिक वृत्तमा चासो बढेको छ। संसदिय राजनीति मात्रै होइन स्थानिय तहको राजनीतिमा समेत फराकिलो मैदान बनेको र त्यसमा समेत अहिलेको क्रियाकलापले रुपान्तरण गर्ने धेरैको अड्कलबाजी छ।

कमेन्ट गर्नुहोस्