लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देहीमा १७ वर्षीय किशोरको विभत्स हत्या, भेटियो नालिमा शव

IMG

कन्चन।  रुपन्देहीको कञ्चन गाउँपालिकामा एक जना किशोरको विभत्स रूपमा हत्या गरी नालिमा फालिएको अवस्थामा शव फेला परेको छ।जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सुचना अधिकारी सुरज कार्कीका अनुसार कञ्चन गाउँपालिका वडा नम्बर ३ धौलागिरीचोक निवासी अर्जुन शर्माको १७ वर्षीय छोरा इशान शर्मा पौडेलको विभत्स रूपमा हत्या गरी नालिमा फालिएको अवस्थामा शव फेला परेको हो।


प्रहरीका अनुसार ईशान बुधबार साँझ ८ बजेदेखि सम्पर्कविहीन थिए । उनको शव विहिबार साँझ स्थानीयले देखे पछि प्रहरीलाई खबर गरेका थिए ।, घटनको बारेमा अनुसन्धान भईरहेको र अहिले केहीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको सुचना अधिकारी कार्कीले बताए ।स्थानीयका अनुसार एक साताअघि विद्यालय परिसरमा एकै युवतीको विषयलाई लिएर साथीहरूबीच विवाद भएको थियो । त्यही कारण उनको हत्या भएको हुन सक्ने आशंका गरिएको छ ।

कमेन्ट गर्नुहोस्