लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नोबेल इन्भाइरमेन्टका सान्भी बनिन तिलोत्तमा डान्स आइडल

IMG

तिलोत्तमा। तिलोत्तमा डान्स आइडल २०८२ को उपाधी नोबेल इन्भाइरमेन्ट एकेडेमी तिलोत्तमा १५ कोटिहवाका छात्रा सान्भी क्षेत्रीले हात पारेकी छन । ६० प्रतिस्प्रर्धीलाई पछि पार्दै सान्भीले उपाधी चुमेको मेला मुल आयोजक समिति संयोजक तथा आयोजक संस्था तिलोत्तमा उद्योग ब्यापार संगठनका अध्यक्ष प्रेम जीएमले जानकारी दिनुभयो । प्रथम भएकी सान्भीले नगद रु २५ हजारसँगै ट्रफी, मेडल र प्रमाणपत्र पनि प्राप्त गरेको विद्यालयका प्रवन्ध निर्देशक सुन्दर गुरुगँले जानकारी दिनुभयो ।


वहाँले विद्यार्थीहरुलाई नयाँ प्लेटफर्म प्रदान गर्ने गरि तिलोत्तमा उद्योग ब्यापार संगठनले आयोजना गरेको तिलोत्तमा डान्स आइडलले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटनमा मद्दत पुर्याएको भन्दै प्रशंशा समेत गर्नुभएको छ । तिलोत्तमा उद्योग ब्यापार संगठनले विभिन्न विद्यालयका विद्यार्थीहरुलाई सहभागी गराई आयोजना गरेको तिलोत्तमा डान्स आइडल २०८२ आफैमा एउटा उत्कृष्ट कार्य भएको विद्यालयका प्रिन्सिपल खिनु गुरुगँको भनाई छ । 


“स्थानीय बजारमा खरिद गरौं, स्थानीय बजारको प्रवद्र्धन गरौं,, स्वदेशी वस्तुको प्रयोग गरौं, स्वाभिमानी नेपालीको पहिचान बनाऔं” भन्ने मुल नाराका साथ मंसिर १५ गतेबाट शुरु भएको महोत्सव १७ दिन चलेको थियो । तिलोत्तमा उद्योग ब्यापार संगठन आयोजक रहेको मेलाको सहआयोजकका रुपमा तिलोत्तमा नगरपालिका, तिलोत्तमा उद्योग बाणिज्य संघ र तिलोत्तमा ब्यापार संघ रहेका थिए । 

कमेन्ट गर्नुहोस्