लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

दर्शकको रोजाईमा ‘हर्ष’, हलबाट आयो सकारात्मक प्रतिक्रिया

IMG

बुटवल। दर्शकले परानको स्वाद फेर्न नपाउदै हलमा हर्ष छाएको छ। विगत पाँच सातादेखि घरेलु बक्स अफिसमा फिल्म ‘परान’ले एकछत्र दबदबा कायम गरिरहँदा ‘वर्ड अफ माउथ’को प्रभावले हर्ष अहिले हलमा दर्शको रोजाईमा परेको छ। पारिवारिक र सामाजिक कथामा बनेको फिल्म हर्षलाई दर्शकले औधी मन पराएका छन्।


शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘हर्ष’ले बक्स अफिस प्रतिस्पर्धामा उत्रिने आँट गरेको छ, किनकी यस फिल्म हेर्ने धेरै दर्शकले एपाली फिल्म यस्तो बन्नु पॉर्छ भन्दै तारिफ गरेका छन। बुटवल लगायत रुपन्देहीका सबै जसो सिनेमा हलमा बक्स अफिस रक्ताम्य भएकोले पनि हर्षलाई दर्शकले वर्ड अफ माउथबाटै प्रगति पथमा लम्काएका छन्।रुपन्देहीका क्यु एफ एक्स, क्यु बक्स, फ्रेन्ड्स सिनेमा, मिलन हल, काशी सिनेप्लेक्स,सिद्धार्थहलसंगै कपिलबस्तु,नवलपरासी, पाल्पा,गुल्मी र अर्घाखांची लगायतका स्थानका दर्शकले समेत हर्षको कथा र यसको प्रस्तुति मन पराएका छन। 


बुधबार काठमाडौंमा भएको प्रिमियरमा धेरैले ‘परान’जस्तै ‘हर्ष’ पनि मनछुने फिल्म रहेको बताएका थिए ।देशव्यापी एक सय हाराहारी शो पाएको ‘हर्ष’लाई स्वर्गीय निर्देशक शिव रेग्मीकी भान्जी एकता पौडेलले निर्देशन गरेकी हुन् । उनले मामाकै शैली झल्किने गरी फिल्म बनाएकी छन् । यसमा खगेन्द्र लामिछाने, वर्षा राउत, नीर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, बाल कलाकार साइमन वादी लगायतको अभिनय रहेको छ ।निर्देशक पौडेल स्वयंको लेखन रहेको फिल्मका गीतमा समीर-हिमाल, वसन्त सापकोटा तथा एलिश कार्कीले संगीत दिएका छन् भने कोरियोग्राफी सुनिल क्षेत्री र निर्देशक पौडेल स्वयंको छ । अष्टलक्ष्मी प्रोडक्सन्स् र ई-प्राईम मुभिजको संयुक्त ब्यानरमा निर्माण भएको फिल्ममा वंश (उत्तराधिकारी)को विषयलाई मुख्य कथावस्तुको रूपमा प्रस्तुत गरिएको छ ।

कमेन्ट गर्नुहोस्