लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

भाइरल गीत ‘पहिलो हाँसो पहिलो बाेल’ एआईको उत्पादन, गायकले ढाँटेर आफ्नो बनाए

IMG

काठमाडौं । यदि तपाईं टिकटक वा फेसबुक रिल्स बनाउनु हुन्छ वा सक्रिय हुनुहुन्छ भने तपाईंले ख्याल गर्नुभएको होला- अहिले एउटा गीत लगातार भाइरल भैरहेको छ। त्यो हो, ‘पहिलो हाँसो पहिलो बोल’ नामको गीत। टिकटक, फेसबुक र युट्युबजस्ता प्लेटफर्ममा हजारौँ प्रयोगकर्ताले यस गीतमा भिडियो बनाएर शेयर मात्र गरिरहेका छैनन्, तारिफ समेत गरिरहेका छन्।


तर, यो गीत कृत्रिम बुद्धिमत्ता (एआई) को सहायतामा तयार गरिएको पाइएको छ। सुरूमा सिन्धुपाल्चोकका आदित्य श्रेष्ठले गीतका लेखक र गायक आफैं भएको दाबी गरेका थिए। तर, अहिले आएर उनले नै उक्त गीत एआई प्रविधिको प्रयोगमार्फत सिर्जना गरेको स्वीकार गरेका छन्।गीतको लोकप्रियतासँगै अहिले विभिन्न युट्युब च्यानलहरूमा फरक–फरक भिडियो संस्करणहरू देख्न सकिन्छ। सोही क्रममा ‘जीबी चिरन’ नामक युट्युब च्यानलले पनि सो गीतको ‘Inspired Version’ सार्वजनिक गरेको छ।


उक्त च्यानलको बायोमा लेखिएको छ, ‘हाल टिकटकमा निकै चर्चित एआई गीतले हाम्रो मनलाई गहिरो रूपमा छोयो। त्यस गीतको धुन, भाव र माहोलले हामीलाई प्रेरित गर्‍यो, जसको आधारमा हामीले हाम्रो आफ्नै ‘Inspired Version’ तयार पारेका हौं।’च्यानलले थप उल्लेख गरेको छ, ‘हामीले मूल गीतको केवल सानो अंशबाट मात्र प्रेरणा लिएका हौं र त्यसका सर्जकप्रति पूर्ण सम्मान व्यक्त गर्दछौं।’गीतको लिरिक्स र एआई प्रयोगको प्रमाणित भएको भन्दै टेकपानाको फ्याक्टचेकले पुष्टि भएको छ। प्राय एआईबाट सिर्जित गीतहरूको भाषा अस्पष्ट हुन सक्छन्। सोहीअनुरूप उक्त गीतको लिरिक्स उतार्दा अर्थ नदिने खालका धेरै शब्दहरू प्रयोग भएको देखियो। ​


गीतको लिरिक्समा भनिएको छ, ‘पहिलो हाँसो पहिलो बोल सब याद छ, हिजोका बाचा आजको शून्यता साथ छ।’ गीतको सबैभन्दा सुरुको अन्तरामा ‘पहिलो हाँसो पहिलो बोल सब याद छ’ मा बोली हुनुपर्नेमा बिग्रिएर बोल भएको छ।त्यसबाहेक अर्को अन्तराले भन्छ, ‘तिम्रो आँखा सम्झँदा हृदय बोल्छ, संसार उज्यालो भए पनि मन ढाक्छ, यो शून्यताले के कथा सुनाओस्, तिम्रो बिनाको जिन्दगी कसरी चलाओस्।’ यसमा पनि ‘तिम्रो बिनाको जिन्दगी कसरी चलाओस्’ मा तिमी हुनुपर्नेमा भाषा नमिलेको देखिन्छ। जुन एआईले गर्छ।

कमेन्ट गर्नुहोस्