लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

एकताबारे गम्भीर छलफल मात्रै हो,टुंगो लागिसकेको छैन : विप्लव

IMG

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले केही समयदेखि समाजवादी मोर्चाका र अन्य सहमत पार्टीहरू बीच एकताबारे अनेक प्रचार भइराखेको बताएका छन् ।समाजवादी मोर्चामा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपा र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी रहेका छन् ।पार्टी एकताबारे पार्टीको पाँच बुँदे धारणा शुक्रबार सामाजिक सञ्जालमा समेत राखेका छन् । जहाँ एकताबारे गम्भीर छलफल चलेको तर टुंगो नलागिसकेको उल्लेख छ ।

के छ विप्लवको ५ बुँदे धारणाः

१. कम्युनिस्टहरू बीचको एकताको आवश्यकता झनै बढेको छ ।

२. एकता संठनलाई एक बनाउनेसँग मात्र सम्बन्धित छैन, यसका विचार,सिद्धान्त,लक्ष्य,आर्थिक दृष्टिकोण,जीवन व्यवहार, संस्कृति सहितको एकरूप बुझाइसँग सम्बन्धित छ। यी बिषयमा नेतृत्व तहमा पहिलेदेखि गम्भीर छलफल चलेका छन् तर टुंगो लागिसकेको छैन ।

३. यदि कुनै पार्टीहरूबीच एकता हुन्छ भने सकारात्मक रूपले लिनुपर्छ ।

४. कम्तिमा कम्युनिस्टहरू बीच विगतमा जस्तो शत्रुतापूर्ण सोच नबनाई प्रधान अन्तरविरोध हल गर्न, देशमा नेपाली विशेषताको समाजवाद (अग्राधिकार सहितको संघीयता) स्थापना गर्न सयुक्त मोर्चा र सहकार्य को नीतिमा काम गर्नुपर्छ ।

५. देशको स्वाधीनता गम्भीर संकटमा परेको स्थितिमा सबै देशभक्त, समाजवादी, कम्युनिस्ट शक्तिहरूबीच मोर्चा निर्माणमा अग्रसर हुनु पर्दछ ।

कमेन्ट गर्नुहोस्