लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

माओवादीले बोलायो सचिवालय बैठक, विपद्पछिको अवस्थाबारे छलफल हुने

IMG

तिलोत्तमा। नेकपा माओवादी केन्द्रले सोमबार दिउँसो एक बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा सचिवालय बैठक बोलाएको छ।बैठकमा विपद्पछिको अवस्था, महाधिवेशन मिति तय, प्रतिनिधि छनोट लगायत विषयमा छलफल हुनेछ।असोज ९ र १० गते केन्द्रीय समिति बैठकले समिति विघटन गरी महाधिवेशन आयोजक समिति बनाएको थियो।


नेकपा माओवादी केन्द्रले सचिवालय बैठक बोलाएको छ । महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डको सचिवालयका अनुसार विपद्पछिको अवस्थाबारे छलफल गर्ने पहिलो कार्यसूची छ ।प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यका अनुसार पार्टीको सचिवालय बैठक सोमबार दिउँसो एक बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने तय भएको छ ।बैठकमा विपद्पछिको अवस्थाका साथै पार्टीका अन्य विषयमा समेत छलफल हुनेछ । महाधिवेशन मिति तय, प्रतिनिधि छनोट लगायत विषयमा समेत छलफल गर्न लागिएको छ ।


यही असोज ९ र १० गते काठमाडौंमा सम्पन्न माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले केन्द्रीय समितिलाई विघटन गरी महाधिवेशन आयोजक समिति बनाएको थियो । उक्त निर्णयसागै आगामी मंसिरको अन्तिमसाताभित्र विशेष महाधिवेशन गर्ने निर्णय पनि गरेको थियो ।अब बस्ने सचिवालय बैठकमा महाधिवेशनको मिति तोक्ने विषयमा समेत छलफल हुनेछ ।

कमेन्ट गर्नुहोस्