लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

हलमा ३ फिल्मको भिडन्त,

IMG

बुटवल। शुक्रबार देखि हलहलमा तीन फिल्म ‘माग्ने राजा’, ‘जनै हराएको मान्छे’ र ‘ताराहरू’ शुक्रबारदेखि प्रदर्शनमा आएका छन् । फरक विधा र स्वादका यी तीन फिल्ममा स्थापित कलाकारहरूको अभिनय छ ।तीन फिल्मध्ये ‘माग्ने राजा’ र ‘जनै हराएको मान्छे’लाई हलहरूले बढी विश्वास गरेको देखिन्छ । यी दुई फिल्मलाई प्राप्त शो यसको प्रमाण हो । ‘माग्ने राजा’लाई देशव्यापी १४५ र ‘जनै हराएको मान्छे’लाई ११५ हाराहारी शो उपलब्ध हुँदा ‘ताराहरू’ ३० शोमा सीमित भएको छ । तर, शो संख्याले फिल्मको व्यापारिक भविष्य भने निर्धारण गर्दैन । त्यसका लागि ‘वर्ड अफ माउथ’ नै बलियो हुनुपर्छ ।


बुटवलको क्युबक्स आइ एन आइ मा गएको तिलोत्तमा सिटिको टिमले फिल्मका बारेमा प्रतिक्रिया लिन जाँदा सकारात्मक प्रतिक्रिया भेट्यो। दर्शकले फिल्म मनपराइदिएका छन् भने कतिपयका आँखामा आँशु पनि हलबाहिर निस्किदा देख्न पाइन्थ्यो।  बाबु-छोरा र दिदी-भाइबीचको सम्बन्धको कथामा आधारित ‘जनै हराएको मान्छे’मा भने विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहारी, सुशांक मैनाली, भोलाराज सापकोटा, रेअर राई, भावना खपाङ्गी मगर, सुमन थापा लगायतको अभिनय रहेको छ । हिमाल न्यौपानेको डेब्यु निर्देशनमा बनेको यो फिल्मलाई कमल न्यौपाने र विमल न्यौपानेले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

कमेन्ट गर्नुहोस्