
कुञ्जलापुर। रुपन्देहीको तिलोत्तमा नगरपालिकामा भर्खर सरुवा भई आउनुभएका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसाललाई स्वागत गरिएको छ। आज एक कार्यक्रमका बीच तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाण र नगर उपप्रमुख जगेश्वर देवी चौधरी तथा कार्यपालिका एबम बिषयगत शाखाका कर्मचारी बीच प्रमुख प्रशासकीय अधिकृत भुसाललाई स्वागत गरिएको हो।
स्वागत कार्यक्रममा बोल्दै नगरप्रमुख खाणले जनप्रतिनिधी र कर्मचारी बीच नङ र मासुको सम्बन्ध भएकाले सबैको सहकार्य सहमति र सेवा पहुँचलाई जनस्तरमा सहज तरिकाले पुर्याउनुपर्ने बताए। त्यस्तै नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले तिलोत्तमा नगरपालिकाको समग्र बिकाश र सम्बृद्ध नगरको रुपमा उत्कृस्ट बनाउन सबै मिलेर लाग्नुपर्ने र त्यसमा प्रमुख प्रशासकीय अधिकृतको भूमिका मुख्य हुने बताईन।
सो अवसरमा बोल्दै प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले कर्मचारीले आफ्नो भूमिका निर्बाह गरी जनप्रतिनिधिको सहयोगमा सेवाग्राहीलाई सहज,छिटो र छरितो तरिकाले सफल र बिना झन्झट सेवा दिनु जरुरी रहेको बताए। उनले जति सक्दो प्रविधिलाई प्रयोग गरी सेवा सहज बनाउन सबै जनप्रतिनिधी र कर्मचारीलाई सहयोगी भूमिका निभाउन आग्रह पनि गरे। हाल यातायात कार्यालय सवारी, बुटवलबाट सरुवा भई आएका भुसालले स्थानिय सरकारको प्रमुख प्रशासकीय अधिकृतको रुपमा यस अघिपनि अन्य पालिकाहरुमा कुशलता पुर्वक कार्यसम्पन्न गरेका छन्।आज देखि हाजिर हुनुभएका प्रमुख प्रशासकीय अधिकृत भुसाललाई जनप्रतिनिधि एबम कर्मचारीहरुले टिका माला र खादाले स्वागत गरेका थिए।
कमेन्ट गर्नुहोस्