लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

गणेशदेव पाण्डेले बनाउदै पारी बुटोल, बुटवलमा शुभमुहुर्त

IMG

बुटवल। बुटवलका निर्देशक गणेश देव पाण्डेले निर्देशन गर्ने निर्माणाधीन नेपाली चलचित्र ‘पारी बुटोल’को शुभ मुहुर्त भएको छ।  बुटवलको गणेश स्थान मन्दिरमा आज एक कार्यक्रमका बीच गरिएको शुभ मुहूर्तमा फिल्मका सबै जसो कलाकार तथा प्राबिधिकहरु उपस्थित थिए।


निर्देशक पाण्डेले आफ्नो चलचित्रका लागि यथार्थपरक अनुहार र अभिनय क्षमता भएको नयाँ पुस्ताका कलाकारहरूलाई प्राथमिकतामा राखेका छन् ।पाथीभरा इन्टरटेनमेन्ट र अक्टोवर स्टुडियोजको प्रस्तुति तथा ल्याक्सी श्रेष्ठ र शुभम भट्ट निर्माता रहेको चलचित्र ‘पारी बुटोल’ले नेपाली समाजका विविध पात्र र परिवेशलाई समेट्ने लक्ष्य लिएको बताइएको छ । पुरानोई बुटवलको नाम पारी बुटोल भएकोले सो नाम मै उनले फिल्म तयार गरेका हुन्। बुटवलको कथा संगै यस क्षेत्रका परिवेश र त्यस स्थान भित्रको युवाको कथा पारी बुटोलमा समेटिएको निर्देशक पाण्डेले बताउछन। फिल्मको केहि दिनको शुटिङ्ग बुटवलमा नै हुने र बाँकी शुटिंग नेपालका अन्य स्थानमा हुने बताइएको छ। 


'कमिङ अफ एज/सोसल रियलज्म'मा आधारित यो फिल्मको कथा निर्देशक पाण्डे आफैंले लेखेका हुन् ।फिल्मको छायांकन छिट्टै सुरु हुने बताइएको छ । ४५ दिन लगाएर निर्माण टिमले बुटवलका गल्लीहरूमा फिल्मको छायांकन गर्नेछ । यो फिल्मले बुटवलको एउटा बस्तीको कथालाई फिल्ममा देखाउनेछ । 'खासमा बुटवलमा एउटा यस्तो पुरानो बस्ती छ । त्यही बस्तीमा बस्ने ग्याङको कथा फिल्ममा छ,' निर्देशक पाण्डेले भने ।


यो फिल्ममा थुप्रै कलाकार समावेश गरिने पनि निर्देशक पाण्डेले जनाए । उनले 'मञ्जरी' लगत्तै सन् २०१३ देखि 'पारि बुटोल'को लेखन थालेका थिए । पाथिभरा इन्टरटेन्टमेन्ट एन्ड अक्टोबर स्टुडियोको प्रस्तुतिमा बन्ने यो फिल्मका निर्माता ल्याक्सी श्रेष्ठ र शुभम भट्ट हुन् ।यसअघि 'मञ्जरी', 'गाजा बाजा', 'जुलेबी' बनाएका निर्देशक पाण्डे 'चियावाला'का सञ्चालकसमेत हुन् । 'पारि बुटोल'लाई महेश पौडेलले खिच्ने छन् । 'अहिले हामी कलाकार फाइनल गर्दैछौं । चर्चित कलाकारभन्दा पनि राम्रो अभिनय गर्ने कलाकारको खोजी कास्टिङमार्फत गरिरहेका छौं,' निर्देशक पाण्डेले भने ।फिल्म निर्माणका लागि बजेट अभाव हुँदा पनि 'पारि बुटोल' बन्न समय लागेको निर्देशक पाण्डले जनाए । 'बजेटको कारणले पनि बनाउन समय लाग्यो । सायद मलाई यो फिल्म बन्न परिपक्व पनि बन्नु थियो होला । सबै कुराको समय हुँदो रहेछ, यो फिल्मका लागि अहिले समय आएको छ,' निर्देशक पाण्डेले भने ।



कमेन्ट गर्नुहोस्