
तिलोत्तमा दशनम्बर। झिंगु नेवा पुचः ईकाई कार्यालय मणिग्रामको आयोजनामा तिलोत्तमा नगरपालिका नंयामिल देखि पश्चिम १० नम्बर चोकमा आज नेवारी संस्कृतिको झाँकी सहितको लाखे नाच सम्पन्न भएको छ।
स्थानिय समुदायमा संस्कृति रहन सहन रितिरिवाज बढाउन र यासलैई संरक्षण गर्ने उदेश्यले सो कार्यक्रमको आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष निम प्रसाद श्रेष्ठले बताउनुभयो। सो अवसरमा प्रमुख अतिथिको रुपमा तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाणको उपस्थितिमा झाँकी सहित लाखे नाच तथा नेवारी सांस्कृतिक नाच समेत प्रस्तुत गरिएको उपाध्यक्ष नर प्रसाद श्रेष्ठले बताउनुभयो। स्थानीयको बाहुल्य उपस्थिति रहेको कार्यक्रम राति ९ बजे सम्म चलेंको थियो।
कमेन्ट गर्नुहोस्