
कुञ्जलापुर। तिलोत्तमा नगरपालिकाले गत असारमा आबेदन खुलाएको फोटोग्राफी प्रतियोगितामा तिलोत्तमा सिटी न्युजले प्रथम स्थान हासिल गरेको छ। १२ जना सहभागी भएको सो प्रतियोगितामा १ सहभागीले १० वटा फोटो पठाएका थिए भने त्यसबाट छनौट गर्दै उत्कृस्ट हुने मध्येबाट प्रथम, द्वित्तीय, तृतीय तथा सान्त्वना छुट्याइएको नगरपालिकाका सूचना प्रबिधी शाखाका इन्जिनियर सुनिल पन्थीले जानकारी दिनुभयो।
नगरपालिकाले प्रतियोगितामा प्रथम भएसंगै तिलोत्तमा सिटी न्युजका व्यवस्थापक पुजा पाण्डेलाई नगद रु २० हजार सहित प्रमाण पत्र प्रदान गरेको हो। एक बिशेष कार्यक्रमको आयोजना गरि नगरप्रमुख रामकृष्ण खाण र उपप्रमुख जगेश्वर देवी चौधरी एबम प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले नगद तथा प्रमाणपत्र सहित पुरस्कृत गर्नुभएको हो।
प्रतियोगितामा खुल्ला फोटो प्रतियोगिताको उपाधि तिलोत्तमा सिटी न्युजले शंकरनगर बनबाटिकाको जु-पार्क सहितको बहुउपयोगी भवन भ्यु-टावरको फोटोद्वारा प्राप्त गरेको छ,भने द्वित्तीय स्थानमा महिलासंग उपप्रमुख कार्यक्रम अन्तर्गत फोटोग्राफी तालिम लिएकी सन्तोषी पाण्डेले तिलोत्तमा-३ जानकीनगर परिसरको मन्दिर सहितको वडा भवनको फोटोद्वारा हासिल गरेकी छन्। त्यस्तै प्रतियोगितामा तृतीय स्थान पत्रकार बिकास पराजुलीले सिक्सलेन सडकको ड्राइभरटोल स्थित जेब्रा क्रसिंगसंगै रहेको बेगनबेली फुलको फोटोद्वारा प्राप्त गरेका छन् भने सान्त्वना स्थान संचारकर्मी सागर भण्डारीले तिलोत्तमा-१३ करौजिया स्थित विश्व ज्ञान बौद्ध गुम्बाको फोटोद्वारा प्राप्त गरेका छन्।
प्रतियोगितामा प्रथम हुने तिलोत्तमा सिटि न्युजका तर्फबाट व्यवस्थापक पुजा पाण्डेले करसहित नगद २० हजार सहित प्रमाणपत्र प्राप्त गरेकी छिन भने द्वित्तीय हुने तिलोत्तमा-३ निवासी सन्तोषी पाण्डेले १५ हजार, त्यस्तै तिलोत्तमा-३ बस्ने पत्रकार बिकास पराजुलीले १० हजार र सान्त्वना हुने तिलोत्तमा-१४ निवासी संचारकर्मी सागर भण्डारीले ५ हजार नगद सहित प्रमाणपत्र प्राप्त गरेका छन्।
सोमबार नगरपालिकामा सहभागीहरुका बीच नगरप्रमुख रामकृष्ण खाण, उपप्रमुख जागेश्वर देवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल, उपसचिव गंगाराम आचार्य, वडा अध्यक्षहरुले प्रतियोगितामा उत्कृस्ट एबम सहभागीहरुलाई बधाई सहित आगामी उज्ज्वल भविष्यको कामना गर्दै नगद पुरस्कार सहित सम्मानपत्रले सम्मान गर्नुभएको थियो।
कमेन्ट गर्नुहोस्