लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रास्वपा तिलोत्तमा १३ को तदर्थ समितिलाई बधाई तथा शुभकामना

IMG

बनकट्टी। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा तिलोत्तमा १३ को आयोजनामा नयाँ तदर्थ समितिलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।बिष्णु पाण्डेयको सभापतित्वमा गठन गरिएको नयाँ तदर्थ समितिलाई संगठन विभाग प्रमुख शंकर श्रेष्ठ, सदस्य पुजा भुषाल, प्रदेश प्रचार प्रसार विभाग प्रमुख महेन्द्र उपाध्याय, जिल्ला सभापति बुद्धि प्रसाद शर्मा, तिलोत्तमा अध्यक्ष रुस्तम कडेल, वडा न १३ का संगठन प्रमुख मोहन जिसी लगायतले शुभकामना दिदै पार्टीलाई बलियो र दिगो ढंगबाट अघि बढाउने गरि काम गर्न तदर्थ समितिलाई आग्रह गर्नुभयो ।


तदर्थ समितिको उपसभापतिमा गणेश प्रसाद चौधरीलाई जिम्मेवारी तोकिएको छ भने सचिवमा पुन्य प्रसाद सापकोटा चयन हुनुभएको छ । यसैगरि अन्य सदस्यहरुमा शंकर भुषाल, ओम बहादुर भण्डारी, तेतर चौधरी, केशव पा्ख्ररेल, रामप्रसाद पाण्डेय, आनन्द भुषाल तथा अरुणा चौधरी रहनुभएको छ । 

कमेन्ट गर्नुहोस्