लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देही ३ मा सामाजिक अभियान्ता ज्ञानु पौड्याल उम्मेदवारीकाे तयारीमा

IMG

तिलोत्तमा। रुपन्देही क्षेत्र न. ३ को उपनिर्वाचनमा सामाजिक अभियान्ता तथा महिला अधिकारकर्मी ज्ञानु पौड्याल उम्मेद्वारीको तयारीमा जुटेकी छन्।भैरहवा निवासी पौड्यालले जनतामा देखिएको निराशा चिर्दै आशा जगाउने उद्देश्यले उम्मेदवार हुने तयारीमा जुटेको बताएकी छन्। जनताकाे सुखदुख र आवश्यकतालाइ पहिचान गरी नीतिगत रुपमा पैरवी गर्न आफ्नाे उम्मेद्वारी हुने उनले बताइन्। 'सामाजिक काम गर्दाकाे अनुभवबाट जनताकाे पक्षमा नीतिगत रुपमा केही काम गराैं भनेर चुनाव लड्ने तयारी गरेकाे हुँ' उनले भनिन् । 


उनी रुपन्देहीमा सफल जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको निवर्तमान अध्यक्ष हुन् । त्यस्तै उनी भ्रष्टाचारविरुद्धको नागरिक निगरानी संस्था, रुपन्देहीका अध्यक्ष तथा नमुना एकीकृत विकास परिषद् रुपन्देहीको संस्थापक हुन्।सामाजिक संघसंस्था तथा सहकारी क्षेत्रमा रहेर गरेको कामलाई जनप्रतिनिधि बनेर सेवा गर्ने अठोट गरेकी छन्। पौड्याल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार हुने तयारीमा जुटेकी हुन्। रास्वपा कै नेताहरूको सल्लाहमा उनी उम्मेदवार  बन्न लागेको बताइएको छ । यद्यपि रास्वपा भित्र पनि आकांक्षीहरू धेरै भएकाले उम्मेद्वारीको टुङ्गो भने लागिसकेको छैन्। 


करिब दुई दशकदेखि महिला अधिकारकाे अभियानमा क्रियाशील पौड्याल उम्मेदवार हुँदा महिला प्रतिनिधित्व र सामाजिक न्यायकाे मुद्धाले स्थान पाउने उनी निकटहरू बताउँछन्।  रुपन्देहीको तिलोत्तमा–१५, कोटी हवामा प्रधान कार्यालय रहेको जनउत्थान बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष भइसकेकी उनले त्यस सहकारीमा आबद्ध ४१ हजार सदस्यहरू चुनावको आधार हुनसक्ने विश्लेषण गरिएको छ।सामाजिक क्षेत्रमा क्रियाशील पौड्याललाई रास्वपाले उम्मेदवार बनाउने सम्भावना बलियो बन्दै गएको छ । सहकारी अभियान र सामाजिक कार्यमा लागेर थुप्रै सम्मान तथा पुरस्कार समेत पौड्यालले हात पारेकी छिन्।विभिन्न देशको भ्रमण समेत गरेकी उनले विभिन्न पुरस्कार तथा सरकारी मानपदवी समेत पाएकी छन्। 


रुपन्देही क्षेत्र न. ३ मा आगामी कार्तिक १७ गते उपनिर्वाचन हुनेछ। निर्वाचन आयोगले मिति तोकेसँगै उम्मेद्वारहरुको दौडधुप सुरु भएको छ। २०७९ को निर्वाचनमा निर्वाचित राप्रपाका वरिष्ठ नेता दीपक बोहोराको निधन भएसँगै उपनिर्वाचन हुन लागेको हो।


कमेन्ट गर्नुहोस्