लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाको हरियाली प्रवद्र्धन अभियान अन्तर्गतको १४६ औं संस्करण

IMG

तिलोत्तमा नगरपालिकाको नगर सरसफाई तथा हरियाली प्रवद्र्धन अभियान अन्तर्गतको १४६ औं संस्करण तिलोत्तमा नगरपालिका वडा नम्वर १ मा भब्य कार्यक्रम गरी सम्पन्न भएको छ । नगरपालिकाले शुरुदेखिनै हरेक महिनाको १ र १५ गते विभिन्न स्थानमा सरसफाई अभियानलाई निरन्तरता दिदै आएको छ । सोही अनुरुप बिहिबार वडा नम्वर १ मा वृहत सरसफाई कार्यक्रम गरिएको हो । 


तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रमुख खाँणले सुन्दरताको पहिचान साथैै नगरलाई स्वास्थ्यमैत्री बनाउने अभियानलाई पनि संगसंगै लैजानुपर्नेमा जोड दिनुभयो । त्यसको लागि विशेषगरी भान्सा सुधार कार्यक्रममा ध्यान दिन सवैलाई आग्रह गर्नुभयो ।कार्यक्रममा उपप्रमुख चौधरीले अभियान सफल हुनुमा आम नागरिकको भुमिका महत्वपुर्ण भएको भन्दै धन्यवाद दिनुभयो । उहाँले करिव ७ वर्षसम्म जारी अभियानका कारण अन्राष्टिय स्तरमा चर्चा कमाउन सकेको प्रति खुसि व्यक्त गर्दै नागरिकमा अझै चेतना वृद्धि गर्नुपर्ने सुझाव दिनुभयो । 


त्यस्तै वडा नम्वर १ का वडा अध्यक्ष फर्सुराम गिरीले नगरलाई सुन्दर नगरका रुपमा सुनिश्चित गर्न सरसफाई अभियानले राम्रो गति लिएको भन्दै यसको निरन्तरतामा नगरपालिकाले विशेष ध्यान पुर्याउन आवश्यक बताउनुभयो ।  उहाँले सरसफाई नगर विकासको प्रथम मेरुदण्ड भएकोमा समेत जोड दिनुभएको छ। कार्यक्रममा तिलोत्तमा वडा नम्वर १ मा भएका विभिन्न संघ संस्थाहरु,वडा अध्यक्षहरु,सामुदायिक वन,वन विहार खानेपानी,सहकारी विद्यालय, टोलविकास संस्था ,क्लव,आमा समुहका करिव १२ सय भन्दा बढी सहभागि रहेको वडा सदस्य गिता न्यौपानेले जानकारी गराउनुभयो । नगरपालिकाले नगरका हाइवे तथा सार्बजनिक ठाउँमा बोट बिरुवा लगाएर वृक्षारोपण सप्ताह समेत गरेको छ। 

कमेन्ट गर्नुहोस्