लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सपना,संघर्ष र सफलताको कथामा बुनिएको पशुपति कलेजको खानेपानी

IMG

कोटिहवा। केहि महिना अगाडी तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालसंग बिद्यार्थीले साक्षात्कार गरे। विद्यार्थीलाई उत्प्रेरणा होस् भन्ने उदेश्यले प्लस टु देखि ब्याचलर सम्म अध्ययन गर्ने बिद्यार्थीहरु माझ आफ्नो जिबनको उकाली ओरालीहरुलाई नजिकबाट नियाल्न बिद्यार्थीहरु माझ प्रसासकिय प्रमुख अर्याल जानुभयो। उहाँले १ सय बढी बिद्यार्थीका माझ आफ्नो सपना संघर्ष र सफलताको कथा समेत सुनाउनुभयो। बिद्यार्थीहरुले आफ्नो जिज्ञासा राखेका बखत सहज रुपले हांसी हाँसी जवाफ पनि दिनुभयो। तर प्रसासकिय प्रमुखको मनमा एउटा ठुलो खाल्डोले मनमा उकुसमुकुस भएको थियो। त्यो हो बिद्यालयमा स्वस्थ र शुद्ध खानेपानीको अभाव। 


करिव १ घाटा ३० मिनेटको बसाईं बिद्यार्थीसंग जति सहज बन्दै थियो त्यति मनमा अर्यालको असहज स्थिति पैदा भएको थियो। सोहि स=दिनमै उहाँले एउट प्रतिबद्धता मनमा जगाएर जानुभयो सोहि प्रतिबद्धता पशुपति कलेजले सोमबार प्राप्त गर्यो। लामो समय देखि हेण्ड पाइप थिचेर पानी पिउन बाध्य पशुपति कलेजका विद्यार्थीले अब सररर धारामा आउने पिउने पानी पाएका छन। कलेजका दैनिक ४ सय देखि ५ सय विद्यार्थी पढ्न आउने हुनाले तिनीहरुले सो धाराबाट पिउने पानी प्रयोग गर्छन् । हेर्दा सामान्य लागेपनि स्वस्थ पानी पिउन पाउने विद्यार्थीको चाहना नगरपालिकाले पुरा गरेको छ।  त्यो अवसर जुटाइदिन नगरपालिकाका कार्यपालिका सदस्य रवि सेन्चुरीपनि हातेमालो गरेर अगाडी बध्नुभेको छ। पानीको जडानपछी पशुपति कलेज परिवार औधी खुसि भएको छ । 


सोमबार एक कार्यक्रमका बीच तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण अर्यालद्धारा शिक्षक तथा व्यवस्थापन समिति, अभिभावक तथा बिद्यार्थीको उपस्थितिमा उक्त धारा सहित पानी ट्यांकीको उद्धघाटन गरिएको हो । नगरलाई शैक्षिक हबका रुपमा बिकास गर्ने तिलोत्तमा नगरपालिकाको परिकल्पनाले बिस्तारै रुप लिन थालेको प्रमुख प्रशासकीय अधिकृत अर्यालको दावी छ । तिलोत्तमा नगरपालिकाले आवश्यकता र प्राथमिकताका आधारमा शिक्षामा लगानी बढाएको अर्यालले बताउनुहुन्छ । शिक्षालाई नगदेवालीका रुपमा नलिन र तत्काल यसको रिजल्ट नकुर्न समेत अर्यालको सुझाव छ । “भर्खरै रोपेर भर्खरै फलको आश गर्नुहुदैन प्रतिक्षा गर्न सक्नुपर्छ अलिक समयपछि आमुल परिवर्तन महशुस गर्न सकिन्छ अर्याल भन्नुहुन्छ । ” 


सोहि कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका सामाजिक विकास समितिका संयोजक रवि सेन्चुरीले दैनिक ४ सय देखि ५ सय सम्म मानिसले पानी पिउन पाउनुलाई सामान्य रुपमा नलिन आग्रह गर्नुभएको छ । उहाँले मानवियताको शहरका रुपमा विकास गर्ने परिकल्पनालाई साकार पार्न शिक्षामा आमूल परिवर्तन जरुरी रहेको भन्दै बौद्दिकताले समाजको नेतृत्व गर्ने बेला आएकोमा जोड दिनुहुन्छ । उहाँलाई आफुले अध्ययन गरेको बिधालयमा भएको उल्लेख्य सुधारले सन्तुष्टि मिलेको छ ।


खिमाकान्त चापागाँईले सहजीकरण गनुभएको कार्यक्रममा अभिभावक,विभिन्न शैक्षिक व्यक्तित्व,पत्रकार लगायत उपस्थित  थिए ।  कार्यक्रममा कलेजका प्रमुख जीतबहादुर राष्कोटीले कलेजका अप्ठ्यारा चुनौतीहरु सुनाउँदै शुद्ध पानी सम्म पिउन नपाएको कलेज परिवारलाई महशुस गरेर सेवा दिएको भन्दै नगरपालिकालाई धन्यवाद ज्ञापन गर्नुभएको छ। 

कमेन्ट गर्नुहोस्