लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

प्रतिनिधिसभामा निजामती विधेयक पारित हुँदै, स्थान पाएन विद्यालय शिक्षा विधेयकले,सहमतिको उल्लङ्घन

IMG

काठमाडौं : सरकारले शिक्षक महासंघसँग असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयक पारित गर्ने भएको सम्झौता उलङ्घन गरेको छ। प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विधेयक पारित गरेर संसदमा पेश नगरेकाले शिक्षकसँगको सहमतिअनुसार आज शिक्षा विधेयक पारित नहुने निश्चित भएको हो।शिक्षकसँग ९ बुँदे सहमतिमा शिक्षामन्त्री रघुजी पन्तले एकल हस्ताक्षर गरेका थिए। उक्त सहमति मन्त्रिपरिषद बैठक बसेर अनुमोदन गरिएको थियो। त्यसैगरी प्रतिबद्धता पत्रमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, एमालेका मुख्य सचेतक महेश बर्तौला र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले हस्ताक्षर गरेका थिए। विद्यालय शिक्षा ऐन र सेवासुविधाको माग गर्दै २९ दिन काठमाडौंको सडकमा शिक्षकले आन्दोलन गरेका थिए।


प्रतिनिधिसभाको बैठक आज दिउँसो बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ। आजको बैठकमा निजामती विधेयक पारित गर्ने कार्यसूची तय भएको संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए। कार्यसूचीअनुसार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित संघीय निजामती सेवा विधेयक, २०८० माथि छलफल गरियोस्’ र संघीय निजामती सेवा विधेयक, २०८० पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।प्रतिनिधिसभामा असार ३ गतेको बैठकमा सो विधेयक पारित गर्नेगरी कार्यसूची तय भएपनि रास्वपाले संसद् अवरोध गरेपछि बैठक स्थगित भएको थियो।प्रतिनिधिसभाले विधेयक पारित गरेर राष्ट्रिय सभामा पठाइनेछ।

कमेन्ट गर्नुहोस्