लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाको पर्यटन प्रवर्द्धनका लागि एकदिने चित्रकला कार्यशाला

IMG

कुञ्जलापुर। रुपन्देहीको तिलोत्तमामा एक दिने चित्रकला कार्यशाला सुुरु भएको छ । नेपाल कमर्सियल आर्टिस्ट संघको आयोजना र तिलोत्तमा नगरपालिकाको सहयोगमा तिलोत्तमा-६ कुञ्जलापुर प्रशासनिक भवन परिसरमा चित्रकला कार्यशाला सुरु भएको हो । कार्यशालामा दुईजना महिलासहित रुपन्देहीका २५ जना कलाकारको सहभागिता छ। उनीहरुले यस क्षेत्रका पर्यटकिय, धार्मिक , सांस्कृतिक, ऎतिहासिक, प्राकृतिक तथा पुरातात्त्विक स्थानहरुको क्यानभासमा उतार्नेछन् ।


कार्यशाला संयुक्त रुपमा उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाण र उपप्रमुख जागेश्वर देवी चौधरीले प्राचीन कला संस्कृतिलाई संरक्षण गर्दै नयां पुस्तालाई चिनाउन कार्यशालालाई नगरपालिकाले प्रायोजन गरेको बताएका छन्।  ।नगरपालिकाको आर्थिक सहयोगमा कलाकारले दुईदिन समय लगाएर तयार गर्ने चित्रकलालाई नगरपालिकाको प्रशासनिक भवनमा आम नगरवासीले देख्ने ठाउँमा राखिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताए ।


कमेन्ट गर्नुहोस्