लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

स्थानीयलाई स्वस्छ पानी खुवाउँदै करहिया खानेपानी

IMG

शारदा शाही, तिलोत्तमा // केही समय पहिलासम्म तराई क्षेत्रका गर्मीयाममा चापाकलहरू सुकेर मानिसलाई खानेपानीको निकै समस्या हुने गरेको थियो। प्राय घरहरूमा बाल्टिन, गाग्री वा ट्याङ्की नै बनाएर पानी सञ्चित गरिन्थ्यो । तर आजभोलि भने त्यो समस्या हराएर गएको छ। मानिसहरूले आफ्नो आवश्यकता  अनुसार पानी प्रयोग गर्न  पाइरहेका छन्। वर्षाको समयमा चापाकलको पानी गनाउने  र धमिलो आउने अझ सुक्का मौसममा प्राय चापाकल सुक्ने गर्दथे । तर खानेपानी संस्थाले चौबीसै घण्टा स्वच्छ, सफा र गन्धरहित पानी वितरण गर्ने भएकोले पनि धेरै मानिसहरूले पिउनको लागि धाराको पानी नै प्रयोग गरेको पाइन्छ। 


रुपन्देहीको तिलोतमा नगरपालिकामा रहेकोे  करहिया खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले पनि २०५९ सालदेखि आफ्नो उपभोक्ताहरूलाई पूर्ण स्वस्थ पानी वितरण गर्दै आइरहेको छ।  संस्थाले वितरण गर्ने पानी पूर्ण स्वस्थ बनाउन पहल गरिरहेको छ । तिलोत्तमा नगरपालिका वडा नम्बर ७ मा अवस्थित यो खानेपानी सस्थामा ३ हजार ८ सय ५६ उपभोक्ता घरधुरी रहेका छन्। संस्थाबाट दैनिक ३ हजार ८ सय ५६ घरधुरीमा पानी वितरण  हुने गरेको छ।  


 चौबिसै घण्टा  पानी आउने भएकोले आफूहरूले चापाकलको पानी कम मात्रामा प्रयोग गर्ने गरेको तिलोतमा नगरपालिका वडा नम्बर ९ निवासी देवी गुरुङले बताउनुभयो । स्वच्छ पानी धारामा आइरहने हुँदा पनि चापाकलको पानी प्रयोग गर्न छोडेको उनको भनाइ थियो। त्यसैगरी गर्मीमा चापाकलहरू सुक्दा पनि धारामा चौबीसै घण्टा पानी आउने गरेको  चुनमाया रानाले बताइन । २०७० सालदेखि धाराको पानी प्रयोग गर्दै आइरहनुभएको उनले कहिले पनि धमिलो र फोहर पानी नआउने भएकोले पनि आफूहरूले पानी सञ्चित गरेर राख्न छोडेको बताइन ।

 

संस्थाका उपभोक्ताले पूर्ण  स्वस्थ  खानेपानी खान पाएका छन् । करहिया खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले वितरण गर्ने पानी पूर्ण स्वस्थ बनाउन पहल गरिरहेको छ ।  खानेपानी सस्थामा ३ हजार ८ सय ५६ उपभोक्ता घरधुरी रहेका छन्। संस्थाबाट दैनिक ३ हजार ८ सय ५६ घरधुरीमा पानी वितरण  हुने गरेको छ। 


 संस्थाको २ लाख २५ हजार लिटर क्षमताको ट्याङ्की रहेको छ । सोही ट्याङ्की मार्फत संस्थाले उपभोक्तालाई पानी प्रदान गर्दै आईरहेको छ।  ट्याङ्कीमा पानी पठाउनु अघि जहिले क्लिनिङ पाउडर र क्लोरिन राख्ने गरेको संस्थाका सचिव गोकुल पौडेलले बताए । उनले पानी १५ दिनमा एक पटक आफ्नै ल्याबमा परीक्षण गरिने र  ३ महिनाको एकपटक पानीको नमुना शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा पठाउने गरेको त्यसैगरी नेपाल सरकार खानेपानी मन्त्रालय खानेपानी तथा ढल व्यवस्थापन साखा नेपालगञ्ज बाँकेबाट ६ महिनाको एकपटक पानीको गुणस्तर जाँच गरिने

बताए। 


    पानी मानिसको स्वास्थ्यसंग पनि जोडिएको हुनाले उपभोक्ताले स्वच्छ पानी पिउन सकुन् भन्ने उद्देश्यले पानी सुरक्षा समिति गठन गरिएको  पौडेलले बताए। त्यसो त विभिन्न संघसंस्था विद्यालय स्वास्थ्यकर्मी र उपभोक्ता समेतलाई जोडेर उपभोक्ता समिति पनि बनाइएको छ। जसले बेलाबेलामा पानीको स्वच्छतालाई परीक्षण गर्ने र कसरी उपभोक्तासम्म स्वच्छ पानी पुर्याउने भन्ने बारेमा छलफल तथा त्यसै अनुसार काम पनि गर्ने गरेको छ। बर्खामा र हिउँदमा पानीको गुणस्तर को बारेमा प्रश्न गर्दा सचिव पौडेलले त्यसको लागि आफूहरू निकै सचेत रहेकोले पनि उपभोक्तालाई कुनै असर नपर्ने जानकारी दिए ।  जाडो महिनामा पानीको प्रयोग अलि कम हुने भएकोले पानीको फोर्स अलि बढी हुने र गर्मीयाममा बढी प्रयोग हुनेहुदा कम फोर्समा हुने पनि उनको भनाइ थियो। गर्मीयाम अझ पानीको फोर्स कम हुनेहुँदा उपभोक्ताहरूले कहिलेकाहीँ गुनासो गर्ने गरेको उनले बताए।


सचिव पौडेलले प्रदेश सरकारसँग केही आशा पनि रहेको बताउँदै रिचार्ज ट्याङ्की वा पानी सञ्चित गर्ने कुनै ट्याङ्की अथवा अरु कुनै व्यवस्था सरकारले गरिदिने हो भने उपभोक्ताहरूले चाहेजति पानी वितरण गर्न आफूहरूलाई पनि सहज हुने बताए।नयाँ धारा जडान गर्दा वा पानीको शुल्क तिर्दा उपभोक्ताहरूलाई अलि धेरै खर्च लागेको हो कि भनी सोध्दा उहाँले अब आउने साउनदेखि उपभोक्ताले प्रयोग गरेको पानीको   युनिट अनुसार केही सहुलियत दिने जानकारी दिए । तर संस्थाले उपभोक्ताहरूको लागि केही योजनाहरू तयार गर्ने बाकी रहेकोले नयाँ धारा जडान गर्दा लाग्ने शुल्क कम गर्न भने नसकिने सचिव पौडेलको भनाइ थियो।


पहिलेको तुलनामा अहिले निकै जनघनत्व बढिरहेकोले प्रत्येक टोलमा घरधुरी थपिँदै गइरहेका छन। त्यसैले पनि नागरिकलाई खानेपानी संस्थासम्म जान त्यति सहज नहुने र कतिपयलाई कसरी काम गर्नुपर्छ भनेर पनि थाहा नहुने भएकोले पनि प्रत्येक टोलबाट उपभोक्ता समिति अन्तर्गत एक  जना प्रतिनिधि बनाउने गरिएको छ। आफ्नो टोलमा पानीको पाइप फुटेमा, धाराहरू बिग्रिएमा, अथवा अरु नै कुनै समस्या भएमा वा नयाँ धारा जडान गर्नुपरेमा आफूले नै फारम भरिदिने र संस्थामा बुझाउन जाने गरेको तिलोतमा मंगलापुरका उपभोक्ता समिति सदस्य खुमबहादुर रानाले बताए ।

कमेन्ट गर्नुहोस्