लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमामा दीर्घजिबन जीवनकला सम्बन्धि योग प्रशिक्षण सम्पन्न

IMG

शंकरपुर्। विश्व योग दिवसको अवसरमा पारेर तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा बिशेष ध्यान योगाभ्यास सहितको दीर्घजीवन जीवनकला प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। तिलोत्तमा शंकरपुर् स्थित मदानी होटलमा भएको सो योग सम्बन्धी कार्यक्रममा योग गुरुहरुले प्रशिक्षण दिनुका साथै स्वास्थ्य शाखाका निरिक्षक रामेश्वर ढकालले बृहत् सांस्कृतिक कार्यक्रम सहित मनोरन्जन गराउनुभएको थियो।


योगको विकास नेपालमै प्राचिन ऋषि मुनी र योगीहरुले गरेपनि यसको उचित प्रचार प्रसार हुन नसक्दा ओझेलमा परेको भन्दै आफुहरुले यो कार्यक्रममार्फत विश्वलाई योगको आरम्भको विषयमा जानकारी गराउँदै नेपाललाई योग पर्यटनको क्षेत्रको रुपमा विकास गर्ने उद्देश्य लिएको कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै स्वास्थ्य अधिकृत लक्ष्मी आचार्यले बताऊनुभयो। योग कुनै धर्म विशेषको नभई यो विज्ञान भएकोले यो सबैको जीवनमा उपयोगी हुने धारणा राख्दै योगमार्फत चित्त र मनलाई शुद्ध बनाएर नैतिकवान समाज निर्माण गर्न सकिने उहाँले बताउनुभयो। 


सो अवसरमा बोल्दै स्वास्थ्य शाखा प्रमुख ज्ञान प्रसाद पौडेलले सबैका लागि तनाव मुक्त जीवनयापन गर्न योगको भूमिका ठुलो रहने हुँदा यसलाई नियमितता दिनुपर्ने बताउनुभयो। कार्यक्रममा बोल्दै स्वास्थ्य अधिकृत राम प्रसाद ढकालले सहज जीवन यापन र तनाव मुक्त भै कार्य गर्न योग ध्यान शिविरको ठुलो योगदा रहने बताऊनुभयो। सो योग शिविरमा स्वास्थ्य शाखा प्रमुख ज्ञान प्रसाद पौडेल,राम प्रसाद ढकाल,स्वास्थ्य शाखाका कर्मचारीहरु , स्वास्थ्य चौकी इन्चार्जहरु, स्वास्थ्यकर्मीहरु तथा कर्मचारीहरु गरि करिव ८० जना भन्दा बढी स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो ।


पछिल्लो समय खानपान र जीवनशैलीका कारण प्राय मानिसहरूको शरीर भद्दा हुने, अस्तव्यस्त र अस्वस्थ रहने भएकाले आसन, प्राणायाम र उचित खानपानको माध्यमबाट स्वस्थ रहन योगले सहयोग गर्ने योग साधकहरूका भनाई छ । बदलिँदो जीवनशैली, खानपान, तनाव, कुलतबाट बच्नको लागि समेत योग आवश्यक रहेको देखिन्छ ।नियमित ध्यान र साधनाले स्वस्थ रहनसँगै तनाव व्यवस्थापनमा सहयोग गर्ने भएपछि पछिल्लो समय बर्दघाटमा योग अभ्यासप्रति आकर्षण बढ्दै गएको छ । योग अभ्यास र साधनाले शारीरिक मानसिक स्वास्थ्य राख्नका लागि सकारात्मक सोचको विकास गर्न सहयोग गर्ने भएपछि युवादेखि वृद्ध वृद्धासम्म योग तर्फ आकर्षित भएका छन् ।

कमेन्ट गर्नुहोस्