लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा नगरप्रहरी इन्चार्जले दिए काठमाडौँका राजु पाण्डेलाई बधाई

IMG

तिलोत्तमा। यसैपनि तिलोत्तमा नगरपालिका काठमाडौँका मेयर बालेंन शाहको रोजाईमा पर्ने गर्दछ।बालेंनले महानगरको चुनाव लड्नु अगाडी तिलोत्तमाका तत्कालिन मेयर बासुदेव घिमिरेसंग भेट गरि योजना र असल अभ्यासका कार्यबारे जानकार भएका थिए। त्यति मात्रै होइन बालेंन कोलाहलबाट टाढा रहन समेत बेलाबेलामा तिलोत्तमा आउने गर्दछन। तिलोत्तमा र बालेंन शहरका बीच नजिकको सम्बन्ध भएको पुस्टी हुन्छ। 


महानगरका नगर प्रहरी इन्चार्ज राजु प्रसाद पाण्डेलाई प्रशासकीय प्रमुखको आगमनसंगै बालेंनको आदेश मानेको र नगरका प्रमुख प्रशासकीय अधिकृत बिरुद्ध कार्य गरेको आरोपमा स्पस्टिकरण माग्दै निलम्बन गरेपछि उच्च अदालत गएका राजु पुनर्बहाली हुँदै काममा फर्केका छन्। सोहि घटनामा राजु पाण्डेले आदेश अनुसार काम गरेकोमा अदालतले न्याय दिएपछि तिलोत्तमा नगरपालिकाका नगर प्रहरी प्रमुख नर प्रसाद श्रेष्ठले बधाई सहित आगामी उज्ज्वल भबिष्यको कामना गरेका छन्।  


राजु पाण्डेलाई फोन मार्फत बधाई दिंदै नगर प्रहरी इन्चार्ज श्रेष्ठले नगर प्रहरी जनताको सेवक भएर काम गर्ने गरेको र कार्यालयको आदेश -मानी कारबाही अगाडी बढाएको भन्दै उनले हरेक नगर प्रहरीले राजु पाण्डेको सिको गर्दै कार्यालयको काममा लाग्नु पर्ने समेत बताए। आगामी दिनमा नगर प्रहरी इन्चार्ज सहितको देशभरका प्रतिनिधि मुलक काम गर्न र एउटा दरिलो संगठन निर्माण गर्न आफु लागि परेको तिलोत्तमा नगर प्रहरी इन्चार्ज श्रेष्ठले बताए। स्थानिय तहले दिएको अभिभारा नगर प्रहरीले कार्यविधि अनुसार काम गर्नु पर्ने र नियम कानुन बिपरित कोहि जान नहुने भन्दै इन्चार्ज श्रेष्ठले सबै देशभरका नगर प्रहरी एकजुट भएर असल अभ्यास आदान प्रदान गर्ने गरि कार्य गर्नुपॉर्ने बताए। 


नगर प्रहरी इन्चार्ज श्रेष्ठले भने : "राजु जस्तो जिम्मेबार पदमा बसेर नगरको शान्ति सुरक्षा र कार्यालयले अर्हाएको कामको जिम्मेवारीका साथ् कर्य्ताब्या निभाउनु पर्ने भन्दै सबै नगर प्रहरीले समाज बिकास र सुशासनका लागि एकबद्ध हुनुपर्ने बताए।हाल तिलोत्तमा नगरपालिकामा सईको जिम्मेबारी सम्हालेका श्रेष्ठले तिलोत्तमा नगरपालिकामा समेत सुशाशन र शान्ति सुरक्षा सहित जनताको सेवक भएर नगर प्रहरी परिचालन गरिएको बताएका छन्। 

कमेन्ट गर्नुहोस्