लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बजेट नीति कार्यक्रमका लागि तिलोत्तमाले गर्यो सरोकारवालाहरुसंग सुझाव संकलन

IMG

कुञ्जलापुर। आ व २०८२ /८३ को बजेट नीति तथा कार्यक्रमका लागि तिलोत्तमा नगरपालिकाले सरोकारवालाहरुसंग छलफल तथा अन्तरक्रिया र सुझाव संकलन गरेको छ। नगरपालिकाले सिमित बजेटका कारण सबै महत्वाकान्क्षी योजना पुरा गर्न नसकेको भन्दै पुराना नीति तथा कार्यक्रममा भएका कुरालाई पुरा गर्दै अगाडी बढ्ने समेत प्रतिबद्धता राखेको छ। छलफलमा सहभागी सरोकारवालाहरुले शिक्षा स्वास्थ्य रोजगार भौतिक निर्माण तथा नीति निर्माणका लागि उल्लेख्य सुझाव दिएका छन्।


आज दुई चरणमा भएको छलफलमा राजनीतिक दल, संघ संस्था, उद्योग , ब्यापार, शिक्षक , बिद्यार्थी, टोलबिकास, बन , खानेपानी, सहकारी , पुर्व जनप्रतिनिधि लगायतकाहरुसंग सुझाव संकलनका लागि छफल गरेको हो। कार्यक्रममा आएका सुझावलाई नगर प्रमुख रामकृष्ण खाण, उपप्रमुख जागेश्वर देवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल , उपसचिव गंगाराम आचार्य, वडा अध्यक्षहरुले टिपोट गरेका थिए भने माग र प्राथमिकताको आधारमा बजेट निर्माण गरिने छलफलमा सहभागीहरु माझ प्रतिबद्धता राखिएको थियो। 


कमेन्ट गर्नुहोस्