
कुञ्जलापुर। तिलोत्तमा उपप्रमुख कप खुल्ला महिला तथा पुरुष भलिबल सम्पन्न भएको छ। २ दिन सम्म चलेको प्रतियोगितामा महिलातर्फ़ एभरेस्ट बोर्डिंग स्कुलले उपाधि जितेको छ भने पुरुषतर्फ शुद्धोदन गाउपालिकाले उपाधि जितेको छ। निकै प्रतिश्प्रधात्मक तरिकाले अघि बढेको खेलमा महिला तर्फ ७ वटा र पुरुष तर्फ १२ वटा टीमले सहभागिता जनाएका थिए।
प्रतियोगितामा महिला तर्फ़ कुवरवर्ती ईङ्ग्लिश स्कुल संग भएको फाइनल खेलमा २५/२२ , २५/२० र २५/१५ गरि ३ सेटमा एभरेस्टले हराएर उपाधि जितेको हो। त्यसो त जनाज्योति क्लब तिलोत्तमा-४ लाई मनकामना क्लब शुद्धोदनले ३४/३२, २२/२५ र १५/८ को २ सेटमा जित हासिल गरेको हो। साथै विधागत तर्फ़ समेत विभिन्न ९ वटा अविधमा खेलाडी सम्मान भएका थिए।त्यस्तै पुरुष तर्फ तेस्रो मणिमुकुन्द भलिबल क्लब , सान्त्वना न्यु होराइजन जिबिएस भएका थिए भने महिला तर्फ तेस्रो स्थानमा सेन्ट जोसेफ ईङ्ग्लिश स्कुल र सान्त्वना नवज्योती इङ्गलिश स्कुल भएका थिए।
सो अवसरमा बोल्दै नगर प्रमुख रामकृष्ण खाणले राष्ट्र र स्वास्थ्यका लागि स्थानिय क्षेत्रका खेलाडीलाई उजागर बनाउने माध्यम बनेको भलिबल खेलमा सहभागी सबैमा धन्यबाद दिंदै उज्ज्वल भविष्यको कामना गर्नुभयो। उहाँले तिलोत्तमा नगरपालिका खेलाडीहरुको सम्मानमा सधै लागीरहेकोले खेल जगत मार्फत आफ्नो भबिष्य बनाउन चाहनेले यस क्षेत्रमा ठुलो सम्भावना रहेको बताउनुभयो ।
तिलोत्तमा नगरपालिकाको वार्षिक कार्यक्रम अन्तरगत उपमेयर कप भलिबल प्रतियोगिता आयोजना गरिएको प्रतियोगिताको समापन समारोहमा बोल्दै उपप्रमुख जागेश्वर देवी चौधरीले खेलकुद क्षेत्रको विकास र दक्ष खेलाडी उत्पादन गर्ने उद्देश्यले नगरपालिकाले खेलकुदका कार्यक्रमलाई निरन्तरता दिँदै आएको बताउनुभयो । खेलकुद मार्फत आपसी भाइचारा र सम्बन्ध स्थापित गर्दै यस क्षेत्र बाट पनि राष्ट्रिय तथा अन्तरास्ट्रिय क्षेत्रमा खेलाडीलाई चिनाउन खेलको आयोजना गरिएको उप प्रमुख जगेश्वर देवी चौधरीले जानकारी दिनुभयो ।
प्रतियोगिताबारे बोल्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले खेल मार्फत खेलाडीको सम्मानमा राखिएको प्रतियोगिताले समग्र क्षेत्र संगै देश लाई चिनाउन मद्यत गर्ने बताउनुभयो।खेल एकदमै प्रतिश्प्रधात्मक बनेकोमा खुसि व्यक्त गर्दै आगामी दिनमा अझ सहभागी बढाएर प्रतियोगिता भब्य गरिने बताउनुभयो।वडा नं-६ स्थित नगरपालिका प्रशासनिक भवन पछाडिको खेलमैदानमा नगर खेलकुद बिकास समितिको संयोजनमा शुरु भएको प्रतियोगितामा प्रथम दित्तीय, तृत्तीय र सान्तवना हुने टिमलाई प्रमुख अतिथि नगरप्रमुख रामकृष्ण खाण, उपप्रमुख जागेश्वर देवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल, वडा अध्यक्ष गणेश पाठक,कार्यपालिका सदस्य नर बहादुर छन्तेल लगायतको उपस्थितिमा नगद सहित प्रमाणपत्र शिल्ड र मेडल प्रदान गरिएको तिलोत्तमा नगरपालिका शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रथम हुनेले ६० हजार नगद , शिल्ड मेडल र प्रमाणपत्र , द्वितीय हुनेले ४० हजार नगद शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् भने तेस्रो हुनेले २० हजार नगद शिल्ड, मेडल र प्रमाणपत्र र सान्त्वना हुनेले १० हजार नगद शिल्ड, मेडल र प्रमाणपत्र बितरण गरेको शिक्षा प्रमुख गंगाराम आचार्यले जानकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस्