लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाकी चेलीको सम्मरीमाईमा संकाष्पद मृत्यु,पोस्टमार्टम गर्न शव भैरहवा,श्रीमान् प्रहरीको नियन्त्रणमा

IMG

मर्चवार २५ जेठ । रुपन्देहीको सम्मरीमाई गाउँपालिका वडा नम्बर-५ मा जलेको अवस्थामा भेटिएको श्रृजना पालको शवलाई पोस्टमार्टमको लागि भिम अस्पताल भैरहवा पठाईएकोछ छ । सोही वडा पाण्डेय डिह की २२ वर्षिय पालको आज राती करीब २ः०० बजे स्थानीयले जलेको अवस्थामा फेला परेका थिए । घटनाबारे जानकारी पाउन साथ प्रहरी अनुसन्धानमा खटिएको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रदिप क्षेत्रीले जानकारी दिए । 


“सम्मरीमाई गाउँपालिका वडा नम्बर-५ पाण्डेडिह दानव खोला नजिकै शव रहेको जानकारी विहान करिब ३ बजे थाहा पायौं” एसपी क्षेत्रीले भने  “आवश्यक प्रकृया पुरा गरी शवलाई पोष्टमार्टमाका लागि भैरहवा पठाएका छौँ र अनुसन्धान गरिरहेका छौं ।”क्षेत्रीले अनुसन्धानमा “ओम” नामको कुकुरको प्रयोग गरिएको र कुकुरले महिलाको घर सम्म पु¥याएको जानकारी दिए ।


अहिले मृतकको पति प्रमोद पाललाई नियन्त्रणमा लिएर राखिएको र तिलोत्तमा-१७ ठठरिहवा रहेको माईती पक्षलाई घटनास्थलमा बोलाई थप अनुसन्धान भइरहेको क्षेत्रीले जानकारी दिए ।“प्रारम्भिक अनुसन्धानको क्रममा कुकुरले घरसम्म पु¥याएको हुदा महिलालाई घरबाट नै घटनास्थल सम्म पु¥याएको देखिन्छ ।”कार्कीले भने “तर घटना आत्महत्या हो वा हत्या हो यस विषयमा अहिले नै केही भन्न सक्ने अवश्था छैन, हामी अनुसन्धानमै छौं ।”


कमेन्ट गर्नुहोस्