लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाको धार्मिक हाजिरजवाफ प्रतियोगिताको उपाधि शान्ति नमुनालाई

IMG

दश नम्बर। रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकाको सहजीकरणमा सामुदायिक तथा संस्थागत माध्यामिक विद्यालय स्तरिय धार्मिक हाजिरीजवाफ प्रतियोगिता जेठ २३ गते सम्पन्न भएको छ । विद्यार्थीहरुमा धार्मिक जनजागरण र संस्कृति चेतना गराउने उदेश्यले  तिलोत्तमा वडा नम्बर ६ को व्यवस्थापन तथा शान्ति दुर्गा मन्दिरको आयोजनामा धार्मिक हाजिरीजवाफ प्रतियोगिताको उपाधि शान्ति नमुना मा. वि ले हाता पारेको छ ।


त्यस्तै दोस्रो स्थान होराइजन जिबिएस , तेस्रो स्थान जनज्योति मा. वि . र जनभावना प्रोत्साहन हुन सफल भएको छ । संस्कृत पढाई हुने बिद्यालय बाहेकका माध्यामिक स्तरका विद्यालयको सहभागिता रहेको सो प्रतियोगितामा प्रथम हुनेले नगद रु १२ हजार दोस्रोले रु ९ हजार, तेस्रो हुनेले ६ हजार र प्रोत्साहन हुनेले नगद रु ३ हजार सहित प्रमाणपत्र प्राप्त शान्ति दुर्गा मन्दिर समितिका अध्यक्ष शिव पाठकले बताउनुभयो ।


तिलोत्तमा-६ का वडा अध्यक्ष गणेश पाठकको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको संचालन सागर पाठकले गर्नु भएको थियोे कार्यक्रममा तिलोत्तमाका १६ विद्यालयहरूको सहभागिता रहेको थियोे ।कार्यक्रमको शुभारम्भमा दुर्गा संस्कृत मन्दिरका पण्डितहरुबाट स्वस्ति वाचनसंगै प्रमुख अतिथि बाट तुलसीको मठमा जल चढाएर गर्नुभएको थियोे। मौलिक सनातन धर्म संस्कृतिको प्रारम्भिक ज्ञान प्रबर्द्धन गर्ने उदेश्यले प्रतियोगिता संचालन गरिएको कार्यक्रम संयोजक शोभाखर भण्डारीले जानकारी दिनुभयो। प्रतियोगितामा एक समुहमा एक छात्रा सहित ३ जना र दर्ता नि:शुल्क रहेको थियोे ।

कमेन्ट गर्नुहोस्