लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा वडा नम्बर ६ ले गर्यो उत्कृस्ट शिक्षक र बिद्यार्थी सम्मान

IMG

गीता मन्दिर बाह्र नम्बर। तिलोत्तमा वडा नं ६ ले सामुदायिक विधालयमा अध्यापन गर्ने सत्यलक्ष्मी आधारभुत विधालयका शिक्षक माया देवि खड्का लाइ नगद रु पच्चिस हजार सहित दोषल्ला, सम्मान पत्रले यस वर्षको उत्कृष्ट शिक्षको रुपमा सम्मान गरेको छ। उहाँलाई वडा अध्यक्ष सहित वडाका टिमद्वारा सम्मान गरिएको हो।साथै पश्चिम पहुनी माविमा अध्ययनरत आधारभूत तहमा तिलोत्तमकै सबै भन्दा हाइजेस्ट नम्बर ल्याएर उत्तिर्ण बिद्यार्थी दिपजल श्रेष्ठलाई समेत सम्मान गरिएको हो। 


सो अवसरमा बोल्दै वडा अध्यक्ष गणेश पाठकले बिद्यालय र विद्यार्थीको थप गुणस्तरलाई प्रभावकारिता दिन सानै भएपनि सम्मान गर्ने कार्यको थालनी गरिएको बताए। उनले आगामी बजेटमा भौतिक भन्दा पनि मानविय बिकासमा जोड दिने गरि शिक्षा, स्वास्थ्य लगायतका बिषयमा थप बजेट ब्यबस्थापन गर्ने गरि वडा अगाडी बढेको समेत बताउनुभयो। 

कमेन्ट गर्नुहोस्