लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमामा उपमेयर कप खुल्ला (पुरुष-महिला)भलिबल प्रतियोगिता हुँदै

IMG

कुञ्जलापुर ।रुपन्देहीको तिलोत्तमा नगरपालिकामा उपमेयर कप खुल्ला (पुरुष-महिला)भलिबल प्रतियोगिता हुने भएको छ । वडा नं-६ स्थित नगरपालिका प्रशासनिक भवन पछाडिको खेलमैदानमा नगर खेलकुद बिकास समितिको संयोजनमा यहि जेष्ठ २३ गतेबाट प्रतियोगिता सुरु  हुँदैछ ।बिहानैदेखि शुरु हुने प्रतियोगिताको उद्घाटनसंगै सहभागी टिमहरुको रोमाञ्चक खेल सहित २ दिनसम्म चल्ने तिलोत्तमा नगरपालिका शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले जानकारी दिनुभयो ।  


प्रतियोगितामा जुनसुकै स्थानबाट सहभागिता जनाउन पाउने र पुरुषतर्फ १२ वटा टिम र महिलातर्फ ७ वटा टिमले प्रतियोगिता खेल्दैछन।प्रतियोगितामा प्रथम हुनेले ६० हजार नगद , शिल्ड मेडल र प्रमाणपत्र , द्वितीय हुनेले ४० हजार नगद शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ त्यस्तै तृतीय हुनेले २० हजार नगद शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ र सान्त्वना  हुनेले १० हजार नगद शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने शिक्षा प्रमुख गंगाराम आचार्यले जानकारी दिनुभयो । प्रतियोगिता जेष्ठ २४ गते समापन हुनेछ भने हालसम्म सबै तयारी पुरा भएको छ ।


तिलोत्तमा नगरपालिकाको वार्षिक कार्यक्रम अन्तरगत उपमेयर कप भलिबल प्रतियोगिता आयोजना गरिएको हो । खेलकुद क्षेत्रको विकास र दक्ष खेलाडी उत्पादन गर्ने उद्देश्यले नगरपालिकाले  खेलकुदका कार्यक्रमलाई निरन्तरता दिँदै आएको उप प्रमुख जगेश्वर देवी चौधरीले  बताउनुभयो । खेलकुद मार्फत आपसी भाइचारा र सम्बन्ध स्थापित गर्दै यस क्षेत्र बाट पनि राष्ट्रिय तथा अन्तरास्ट्रिय क्षेत्रमा खेलाडीलाई चिनाउन खेलको आयोजना गरिएको उप प्रमुख जगेश्वर देवी चौधरीले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्