
दशनम्बर। साइक्लिङ्गमा प्रख्यात यस क्षेत्रको बृहत संस्था तिलोत्तमा राइडर्सले विश्व वातावरण दिवसको अवसरमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । तिलोत्तमास्थित नव जीवन खेल मैदान तथा तिलोत्तमा पार्कको परिसरमा विरुवाहरु रोपिएको राइडर्सका अर्जुन गुरुङले बताउनुभएको छ ।बाताबरण मैत्री साइकलको यात्रा संगै ड्राइभरटोल बाट शुरु भएको यात्रा तिलोत्तमाको दश नम्बरमा रहेको तिलोत्तमा पार्कसम्म गएर वृक्षारोपण गरि सम्पन्न भएको थियो।
कार्यक्रमका प्रमुख अतिथि तिलोतमा नगर प्रमुख रामकृष्ण खांणले विश्व वातावरण दिवसको अवसरमा तिलोत्तमा पार्क छनौट गरी वृक्षारोपण गरेकोमा तिलोत्तमा राईडर्स प्रति आभार व्यक्त गर्नुभयो । उहाँले नगरपालिकाले जन्मदिनमा रुख रोप्ने तथा घर बनाउदा र खालि जमिनमा समेत रुख रोप्ने पर्ने नियम राखेको हुँदा सो अवसरमा जुट्न सबै नगर बासीहरुमा आग्रह समेत गर्नुभयो।कार्यक्रममा प्रमुख अतिथिको रुपमा तिलोतमा नगर प्रमुख रामकृष्ण खांण र अन्य अतिथिहरुमा शंकरनगर वन उपभोक्ता समितीका अध्यक्ष रबिन्द्र बस्नेत, शंकरनगर खानेपानी सॅंस्थानका अध्यक्ष किशोर सुबेदी क्षेत्री, निवर्तमान वाड अध्यक्ष दिवाकर ढकाल तथा शितलकुन्ज टोल विकास सॅंस्थाका अध्यक्ष मीना क्षेत्रीले विभिन्न प्रजातिका विरुवाहरु रोप्नुभएको थियो ।
राइडर्सका अर्जुन गुरुङले विश्व वातावरण दिवसको यस वर्षको नारा प्लाष्टिकको प्रयोग न्यूनीकरण : हाम्रो दायित्व अनुसरण गर्दै प्रत्येक व्यक्ति पर्यावरण संरक्षण गर्न आत्मानुशासित भइ आफू, घर, टोलटोलमा सरसफाई प्रति जागरुक हुनुपर्ने बताउनुभयो । उहाँले तिलोत्तमा राइडर्सले पर्यटन प्रबर्द्धनदेखि स्वस्थ जिबनको अभियानमा निरन्तर क्रियाशील रहेको बताउनुभयो । संस्थाले केहि दिन अघि जोमसोम पुगेर पर्यटनका लागि तिलोत्तमा टु जोमसोम अभियान सहित ३ दिनको साइक्लिङ्ग भ्रमण सकाएर आएको थियो। सो अवसरमा जोमसोमको एक पालिकाले दिएको मायाको चिनो तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाणलाई हस्तान्तरण समेत गरेका छन्।
कमेन्ट गर्नुहोस्