लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देहीको तिलोत्तमामा जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड हुने

IMG

कुञ्जलापुर। रुपन्देहीको तिलोत्तमा कुञ्जलापुरमा जिल्ला स्तरीय पन्ध्रौ राष्ट्रपति रनिङ्गशिल्ड खेलकुद प्रतियोगिता सुरु हुने भएको छ । नगर खेलकुद विकास समितिको संयोजन तथा तिलोत्तमा नगरपालिकाको ब्यबस्थापनमा शनिबार देखि दुई दिनसम्म सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारि पुरा भएको नगर शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख गंगाराम आचार्यले बताउनुभयो। 


बिहान ८ बजे हुने उद्घाटन कार्यक्रम कुञ्जलापुर स्थित उमा आधारर्भुत बिद्यालयको झरना खेल मैदानमा हुने आचार्यले बताउनुभयो। रनिङ्गशिल्डमा भलिबल प्रतियोगिता, एथ्लेक्टिक्स, कबड्डी, दौड, कराते प्रतियोगिता लगायतका प्रतियोगिता हुने छ। 

कमेन्ट गर्नुहोस्