
तिलोत्तमा सिटी,२०८२ जेठ १६ गते । शान्ति नमुना मा.वी. तिलोत्तमा ५ मणिग्राममा आज शान्ति स्मार्ट क्लबले विपदका बेला उद्दार तथा प्राथमिक उपचार सम्बन्धि एक दिने तालिम सम्पन्न गरेको छ।
२०८०-५-७ गते दृष्टिविहिन विद्यार्थीको नेतृत्वमा स्थापना भएको क्लबले स्थापना कालदेखि नै विभिन्न कार्यहरू गर्दै आइरहेको छ। स्थापना भएको छोटो समयमै क्लबले गरेका गतिविधिहरू क्लबका लागि गौरवका विषय र विद्यार्थीहरूको सिकाईका लागि महत्वपूर्ण योगदानको रूपमा रहेको कुरा स्वागत मन्तव्यको क्रममा क्लबकी सदस्य आयुशा ज्ञवालीले बताउनुभयो।
कार्यक्रममा शुभकामना मन्तव्य दिंदै प्रमूख अतिथी विद्यालयका प्रधानाध्यापक कुल प्रसाद लामिछानेले विपद बाजा बजाएर नआउने अर्थात विपद कहिले, कहाँ आउँछ भन्ने निश्चित नहुने भएकाले विपद व्यवस्थापन, पूर्व तयारी, उद्दार तथा राहात एवम् घाइतेको प्राथमिक उपचार सम्बन्धि जानकारी सबैमा हुनुपर्ने भएकोले यस्ता कार्यक्रम र प्रशिक्षण गर्नु महत्वपूर्ण हुने र यस्मा शिक्षक, विद्यार्थी, अभिभावक, नागरिक समाज, बाल सञ्जाल, युवा तथा शूरक्षा निकायसँगै राज्यका सबै अङ्गहरू एक्यवद्ध भएर लाग्नुपर्ने धारणा सँगै दृष्टिविहिन विद्यार्थीद्वारा यस्तो कार्यक्रमको आयोजना गरेकोमा खुसी व्यक्त गर्नुभयो।
कार्यक्रममा इलाका प्रहरी कार्यालय मङ्गलापुर र आधारभूत स्वास्थ्य चौकी तिलोत्तमा ५ को सहयोग रहेको थियो जसमा इलाका प्रहरी कार्यालयका प्रहरी नायक निरिक्षक पृथ्वि नारायण काफ्लेले विपद सम्बन्धि र प्राथमिक उद्दार सम्बन्धि प्रशिक्षण, आधारभूत स्वास्थ्य चौकीका शी.अहेब गणेश भण्डारीले गर्नुभयो।
स्मार्ट क्लबले गतवर्ष देखि नै अघि सारेको यस कार्यक्रम विविध कारणबहस सम्पन्न गर्न नसकेको तर यस वर्ष सफलतापूर्वक सम्पन्न गर्न सफल भएको र यसमा आफूले गतवर्ष गृहकार्य गर्दै आएको ,अन्तत क्लबकै श्रोतमा कार्यक्रम गर्न सफल भएकोमा खुसी लागेको तथा श्मार्ट क्लब स्मार्ट वर्क भन्ने सोच सँगै उदाउँदो प्रतिभा प्रशिद्ध प्रेरक बन्न सक्छ भन्ने मुल नारा रहेको यस क्लबले स्थापनाको छोटो समयमै नेतृत्व सीप विकास,व्यक्तित्व विकास संस्थागत सीपको विकास लगायत विद्यार्थिमा लुकेर रहेका प्रतिभा प्रष्फुटन गर्न ठुलो उपलब्धि हासिल गर्नुका साथै प्रेरणादायी कार्य गरेको शिक्षक संयोजक आशिष यशस्वीले जानकारी दिनुभयो।
क्लबकी कोषाध्क्ष विद्या ज्ञवालिको उद्घोषणमा सञ्चालित उक्त कार्यक्रमको अन्त्यमा दृष्टिविहिन श्रोत कक्षाका लागि प्राथमिक उपचार बक्स हस्तान्तरण, प्रशिक्षकहरूलाई मायाँको चिनो वितरण गरी कार्यक्रमकि सभाध्यक्ष तथा क्लबकी अध्यक्ष अन्जना पौडेलले प्रशिक्षक, स्वयम्सेवक, सहभागी विध्यार्थीहरूलगायत सहयोगी सबैमा धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गर्नुभयो।
कमेन्ट गर्नुहोस्