
भुपुसैनिक। तिलोत्तमा नगरपालिकाको वडा नम्बर ११ भुपुसैनिकमा आयोजित चौथो तिलोत्तमा मेयर कप वडा स्तरिय नक आउट फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर-१३ ले जितेको छ। फ़ाइनल सम्म यात्रा तय गरेको वडा नम्बर-४ लाई ट्राइब्रेकरमा ३ का बिरुद्ध ४ गोल गर्दै वडा नम्बर १३ ले उपाधि जितेको हो।
निर्धारित समय सम्म कुनै पनि गोल नभएपछी खेल ट्राइब्रेकरमा गएको थियो। निकै धेरै अवसर पाएको भएपनि दुवै टिमले त्यसको सदुपय्प्ग गर्न भने सकेनन। ट्राइब्रेकरमा ५ जनाले प्रहार गरेको पेनाल्टि शुटदुइटै टिमको १/१ गोल रोकावट भएसंगै वडा नम्बर-४ का खेलाडीको अन्तिम शुट प्रहार पोलदेखि बाहिर गएपछि जित वडा नम्बर १३ को सुनिस्चित भएको हो।
प्रतियोगितामा बिजेताले नगद रु. ७५ हजार र रनिङ्ग शिल्ड तथा मेडल र प्रमाण पत्र पाएका छन् भने उपविजेताले नगद रु. ५० हजार र शिल्ड तथा मेडल र प्रमाण पत्र पाएका छन्। त्यसो त प्रतियोगितामा विधागततर्फ उत्कृस्ट खेलाडी, गोलकिप्पर, मिड फ़िल्डर, फरवार्ड, कोच गरि नगद रु ५ हजार सहित मेडल प्राप्त गरेका छन्।अघिल्लो बर्ष समेत वडा नम्बर-१३ ले उपाधि चुमेको थियो यो संगै सो वडाले २ पटक उपाधि चुमेको छ।प्रतियोगितामा बेस्ट गोलाकिप्पर वडा नम्बर १३ का दिशान्त दर्लामी, १३ नम्बर वार्ड कै रिजन राना मगर बेस्ट डिफ़ेण्डर , त्यस्तै सोहि वडाका जिबन छन्त्याल बेस्ट मिडफ़िडर, र बेस्ट कोचमा उपाधि बिजेता वडाका कोच कमल थापाले बेस्ट कोचको उपाधि चुमेका थिए। भने वडा नम्बर-४ का अस्मित शर्मा ईमर्जिङ्ग प्लेयर, र रोहन राइ बेस्ट स्ट्राईकर भएका थिए।
कार्यक्रममा बिजेता तथा उपविजेता टिमलाई नगर प्रमुख रामकृष्ण खाण, उपप्रमुख जागेश्वर देवी चौधरी, निमित्त प्रमुख प्रशासकीय अधिकृत गंगाराम आचार्य, वडा अध्यक्षहरु बिष्णु बराल, गणेश पाठक, हरि बहादुर क्षेत्री, कार्यपालिका सदस्य राधा शाही,वडा सदस्यहरु, नगर खेलकुद बिकास समितिका अध्यक्ष लोक पुन, खेल संयोजक युवराज रिमाल,पदाधिकारी सदस्यहरुको उपस्थितिमा बितरण गरिएको थियो। प्रतियोगिता हेर्न भुल्केको सो चौरमा करिव २ हजार दर्शक उपस्थित थिए।तिलोत्तमा नगरपालिका नगर खेलकुद बिकास समितिको आयोजनामा चौथो मेयर कप नकआउट फुटबल प्रतियोगिता जेष्ठ २ गतेदेखि शुरु भएको थियो।
कमेन्ट गर्नुहोस्